साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद

अलिक पर गान्धीका तीन बाँदरहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छोपिरहेको थियाे ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

—“देश र जनताको लागि हामीले के के गुमाएनौँ ? लामो समयसम्म भूमिगत जीवन बितायौँ, जेलनेल सह्यौँ । आफ्ना छोराछोरी समेत गुमायौँ ।”

बोल्दा बोल्दै मन्त्री गुलाब सिंह भावुक भए । बडीगाडले मन्त्रीको हातमा रुमाल थमायो । अर्को नेताले थर्मसबाट गिलासमा पानी निकालेर दियो ।

—“म आफ्नो छोराछोरीको लागि भावुक भएको होइन, देशका हजारौँ शहीदहरूको सम्झनाले गर्दा आँखा भिजेको हो ।”
मन्त्रीले सालिकमा माला अर्पण गर्दै थप्यो ।

—“त्यो कुपुत्र त जाँड घिचेर मरेको होइन र ?”
एकजनाले भन्यो ।
“चुप, चुप ! विस्तारै बोल, कसैले सुन्ला !”
अर्कोले मुखमा चोरऔँलाले इसारा गर्दै भन्यो ।

त्यही कार्यक्रममा उपस्थितहरू मध्ये केहीले आपसमा कानेखुसी गर्दै थिए,
—“जाँड घिचेर मरेका पनि शहीद रे ! यसरी त वास्तविक शहीदको अपमान भएन र ?”

उता लखन थापाको सालिक नचिनिने अवस्थामा थियो । सालिक स्थापना भएदेखि कहिल्यै स्याहारसम्भार नभएझैँ लाग्थ्यो ।
मिलन चोकको अर्को कुनाबाट गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दका सालिक ट्वाल्ल परेर हेरिरहेका थिए ।

—“यिनीहरूको सालिक पनि वेवारिसे अवस्थामा रहेछ ।”
पहिलोले इसारा गर्दै भन्यो ।

“केही नभन, केही नहेर र केही नसुन; ऊ पारि हेर त !”
चोर औँलाले देखाउँदै अर्कोले भन्यो ।

अलिक पर गान्धीका तीन बाँदरहरू आफ्नै धुनमा थिए । एउटाले आफ्नै हातले आँखा छोपेको, अर्कोले कान र तेस्रोले मुख छोपिरहेको थियाे ।

०००
घाेराही, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
उत्तर हराएको देशमा प्रश्न उद्योगको उज्ज्वल भविष्य

उत्तर हराएको देशमा प्रश्न...

दामाेदर न्याैपाने
आरती हात्ती र पुरस्कार खेती

आरती हात्ती र पुरस्कार...

चिरञ्जीवी दाहाल
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x