सुरेशकुमार भट्टबुढ्यौली !!
कसलाई मनपर्छ र शम्भो ! शंखध्वनि एकोहोरो श्रीमती ढोकामा सुँक्क झाँक हाल्छ चिता छोरो। दनदनी चितामा बल्दा उता मलामी गफ गर्दछन् छत्तिसअन्जली पानी दिई चितापूर्ण पखाल्दछन् ।।

सुरेशकुमार भट्ट :
दिन दिन गल्दै गो मस्ति तन लुलो हुँदै गयो
मनले जहाँ पुगे पनि तन्ले साथ नदिने भयो।
लुला हुँदै गए दुई पयर ढाड बाङ्गाे हुँदै गयो
कानले दिँदैन निधो नाङ्गाे नयन नदेख्ने भयो।
दाँतले छाडिदियो धर्म आँत कमजोर हुँदै गयो
टाढाको नजिकै खोज्ने चाह दूरदूर हुँदै छ यो।
मनको चाहना कस्तो बिगतको सम्झना कुह्यो
मन भरिको सपनादेख्ने भाव दूर्भाव दुवै तुह्यो।
टाढा टाढा मनचरी उड्छ घुमिफिर्छ लथ्रक्कभै
कल्पनाको सागर छाल्मा जाँकोतहिं लफ्रक्कै ।
घरले जाजा जाजाभन्छ वनले आइज आईज रे
पाप र धर्मको मादल बजाउँदै आउँछ ईश ! हे।
यस्तैछ मानवी चोला तेलसलेदो बत्ति प्राणको
तिथि मिति कतै हुन्न बृध्द जान्छ यो पक्का हो।
प्रशंसित परोपकारी हुन्छ दुष्टको निन्दा, तारिफ
सहयोगी दानवीरको हुन्छ माथि नि हुन्छ मालिक।
प्राण छन्जेल नातागोता मायाप्रेम स्नेह सबतिर
काँचको महल हो मान्छे चक्नाचुर भो ढल्यो शिर।
कसलाई मनपर्छ र शम्भो ! शंखध्वनि एकोहोरो
श्रीमती ढोकामा सुँक्क झाँक हाल्छ चिता छोरो।
दनदनी चितामा बल्दा उता मलामी गफ गर्दछन्
छत्तिसअन्जली पानी दिई चितापूर्ण पखाल्दछन् ।।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































