साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो दुष्ट को हो भन

घस्छन् तेल ठुला ठुला मनुजले, गोडा मुसारी कन। विद्वान् मा गनिने विवेक नभका, रैछन् यहाँका जन।। ढोग्छन् चाकर झै झुकाइ सिरको, विद्वान भन्ने पन। त्यस्तो रावण झै खुँखार मनको, त्यो दुष्ट हो को भन।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

आमाको पनि बेच्छ जसले, पाएपछीमा धन।
बेचिन्छन् जनता सिधा ति बिचरा, थाहै नपाई कन।।
खायो देश लुटेर यो नकचरो, लाजै नमानी कन।
पाल्यो भ्रष्ट र राष्ट सेवकभन्यो, त्यो दुष्ट को हो भन।।

छोरी बेच्छ चुरोट पिन्छ मदिरा, धाएर वेस्यालय।
आमाबन्दक राख्छ दुष्ट जनले, मान्दैन केही भय।।
आमा बाउ त मर्न पर्छ जिउदै, छोरो भए दुर्जन।
चिन्छौकी तिमिले कता छ अहिले, त्यो दुष्ट को हो भन।।

घस्छन् तेल ठुला ठुला मनुजले, गोडा मुसारी कन।
विद्वान् मा गनिने विवेक नभका, रैछन् यहाँका जन।।
ढोग्छन् चाकर झै झुकाइ सिरको, विद्वान भन्ने पन।
त्यस्तो रावण झै खुँखार मनको, त्यो दुष्ट हो को भन।।

ढुङ्गो बालु समेत खान्छ सजिलै, के खान छोड्थ्यो सुन।
पाली तस्करको कमाउदछ जो, कालो घसेको धन।

कुर्चीबाट हट्यो भने पुग्दछ उता, गोडा समाई रुन।।
उस्कै चाकरझै हुँदै गएछ अब ता, अड्डा अदालत् पन।
मिल्ला के जनको निसाफ सजिलै मागेर काँ गै कन।
जाऊ घेर्न छिटो विलम्व नगरी त्यो दुष्ट को हो भन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x