साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूसाप्रको साधारण सभा, टोपीदिवस र कृति लोकार्पण

कार्यक्रममा देवीप्रसाद गौतमको अध्यक्षता, पूर्व प्रदेश सभा सदस्य काजीमान कागतेको प्रमुख आतिथ्य रहेको थियो भने पञ्चम सङ्गीत प्रतिष्ठानका अध्यक्ष मानसिँह थुलुङ, पूर्व वडाध्यक्ष नरबहादुर सुवेदीको विशिष्ट आतिथि हुनुहुन्थ्याे ।

Nepal Telecom ad

इलाम, २०८१ पुस १७ । “साहित्य, सङ्गीत, कला र पर्यटनको उत्थान, सूर्योदय सामाजिक प्रतिष्ठानको पहिचान ।” भन्ने मूल नारालाई सार्थक बनाउने उद्देश्यले निरन्तर समयसापेक्ष र मौसमअनुसारको कर्म गर्दै आएको संस्था सूर्योदय सामाजिक प्रतिष्ठान, सू नपा -१०, फिक्कल इलामले बाह्राैँ अन्तर्राष्ट्रिय नेपाली टोपीदिवसको अवसर पारेर संस्थाको नवौँ वार्षिक साधारण सभा पनि सम्पन्न गरेको हो ।

महिला सृजना तथा बहुउद्धेश्यीय सहकारी संस्था सूनपा -१०, को सभा हलमा सम्पन्न कार्यक्रममा देवीप्रसाद गौतमको अध्यक्षता, पूर्व प्रदेश सभा सदस्य काजीमान कागतेको प्रमुख आतिथ्य रहेको थियो भने पञ्चम सङ्गीत प्रतिष्ठानका अध्यक्ष मानसिँह थुलुङ, पूर्व वडाध्यक्ष ( वडा नं. १४) नरबहादुर सुवेदीको विशिष्ट आतिथ्यलगायत संस्थाका संरक्षक केदारनाथ अर्याल, सल्लाहकार संयोजक धनकुमार तामाङ, सदस्य डिल्लीप्रसाद सुवेदी, बुद्धिनाथ बराल, सुशीला पौड्याल, स्रष्टाहरू केशवराज पौड्याल, भुवनराज ढुङ्गाना, रमेशकिरण पौड्याल, नेत्र खरेल, पूर्व नगर उपप्रमुख दुर्गादेवी भट्टराई, समाजसेवी देउकुमारी कट्टेल र महिला मञ्च अध्यक्ष अमृता राई अतिथि रहेका थिए ।

कार्यक्रममा मञ्चासिन अतिथिहरूलाई खदार्पणपश्चात् दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको लगत्तै समूहबाट राष्ट्रगान गाई देशलाई सम्झने कार्य पनि भएको थियो ।

संस्थाको साधारण सभाका प्रकृयागत कार्यहरू (वार्षिक आयव्यय र अध्यक्षको प्रतिवेदन) त भए नै यसै क्रममा संस्थाले वार्षिक रूपमा गर्दै आएको नियमित कार्यअन्तर्गत सम्मान पनि रहेको थियो ।

संस्थाको तर्फबाट प्रमाणपत्र खदा र दोसल्ला ओढाई सात जना विभिन्न उमेर क्षमताका आजीवन सदस्यहरू सम्मानित भएका थिए जसमा- उत्तमराज शर्मा, चित्रप्रसाद भट्टराई, सोनामछिरिङ लामा, सुशीला पौड्याल, प्रीतम शर्मा ढकाल, बालकुमार फागो र धनकुमार तामाङ आदि ।

त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली टोपीदिवसको अवसरमा करिब १४ जना महानुभावहरूलाई संस्थाका संरक्षक केदारनाथ अर्यालद्वारा सौजन्य उपलब्ध गराउनुभएको नेपाली टोपीद्वारा सम्मानित गरिएको थियो जसमा – तीर्थ राई, नरबहादुर सुवेदी, सुभाष राई, कमल सुच्चा राई, भुवनराज ढुङ्गाना, एकराज नेपाल, सूर्य सापकोटा, मिलन क्षेत्री, गिरिराज लुइटेल, अर्जुन वेदना राई, तारानाथ गौतम, पदमबहादुर गिरी र विष्णुमाया खतिवडा आदि ।

यसैगरी स्रष्टा तथा आजीवन सदस्य नेत्र खरेलको “साथी छायाँ” नामक गद्य कवितासङ्ग्रह पनि मञ्चासिन अतिथिवर्गबाट सार्वजनिक भएको थियो भने दुवै किसिमका सम्मानित व्यक्तित्वहरूको तर्फबाट प्रतिनिधित्व गर्दै सूर्य सापकोटा तथा प्रीतम शर्मा ढकालबाट क्रमश: मन्तव्य र मत्तव्य सहितको व्यङ्ग्य कविता प्रस्तुत भएको थियो ।

मन्तव्यकै क्रममा सूर्य सापकोटाले संस्था चलाउन आवश्यक आर्थिक पाटोका बारे अत्यन्तै गहन विचार प्रस्तुत गरेका थिए ।

अध्यक्षको प्रतिवेदन प्रस्तुतिबाट उब्जिएका सम्बन्धित सवालहरूको निरुपण गर्ने क्रममा सूनपा -९, का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्मा आचार्यले संस्थालाई निरासातिर नढल्कन र संस्थाले पेश गरेका प्रोपोजलहरू नगरद्वारा विभिन्न शिर्षकमा गरिने लगानीको आचार संहिताभित्र रहेर सुधार गरे अवश्य नै आर्थिक लगानी निकासा हुने कुरा सुझाएका थिए तर प्रमुख अतिथि काजीमान कागतेले भने नगरमा वार्षिक रूपमा विभिन्न शीर्षकमा विनियोजन हुने आर्थिक पाटोको परिमाण अत्यन्तै ठुलो रहेको र यसरी विना शर्त साहित्य, सङ्गीत, कला, पर्यटन र संस्कृतिका लागि मरिमेट्ने संस्थालाई नगरको सैद्धान्तिक आचारसंहिता जबरजस्ती घोकाउन नलगाईकन सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपाली टोपीदिवसको अवसरमा गायत्रादेवी ओलीद्वारा एउटा गीत र नरबहादुर खड्काद्वारा मेरो टोपी….बोलको गीतमा नृत्य प्रस्तुत गरेपश्चात् नगरद्वारा संस्थालाई गरिएको तितामिठा अनुभवको खण्डनसहित अध्यक्षबाट कार्यक्रम समापन भएको घोयणा भएको थियो ।

सूसाप्रको आयोजना, सचिव प्रेमसागर भट्टराईको स्वागत मन्तव्य, उपाध्यक्ष कुलप्रसाद ढकालको कार्यक्रम औचित्यमाथि प्रकाश, नेपाली टोपीको ऐतिहासिकता र कार्यक्रम सञ्चालन रहेको थियो ।

०००
– मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x