साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकासकै लागि

विकासकै लागि- खोला, जमिन, इँट्टा र सिमेन्ट यसरी नै प्रयोग भइरहेका छन् जसरी राजस्व, चुनाव र जनता नेता र कर्मचारीका लागि उपयोग भइरहेका छन्।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

विकासकै लागि-
हिजो सरकारमा हुनेले
खोलाको बहावलाई तह लगाउन
खोलाको दायाँबायाँ‚ सरकारी पैसामा
‘वाल’ लगायो र खोलामाथि स्ल्याब हाल्यो
खोलाको दायाँ बायाँको जग्गा
प्लटिङमा बेच्न स्वीकृति दियो
घर बनाउन भनेर नक्सा पास गरिदियो
रातो रसिद काटेर राजस्व असुल्यो
सरकारको आम्दानी बढायो
पदाधिकारी र कर्मचारीको अफिस कोठामा
रङ्ग लगायो, कार्पेट फेर्यो र नयाँ सोफा राख्यो
एयर कण्डिसन हाल्यो र पर्दा पनि फेर्योय

विकासकै लागि-
आज सरकारमा हुनेले
खोलालाई छेक्ना थुन्न हुन भन्यो
खोलाको बहावलाई आफ्नो धारमा बग्नन दिन
खोलामाथिको स्ल्याब हटायो‚ सरकारी पैसामा
खोलाको दायाँबायाँको ‘वाल’ पनि भत्कायो
खोलाको दायाँ बायाँको जग्गा
प्लटिङमा बेच्न पाइदैन भनेर भाषण ठोक्यो
त्यसका लागि थप बजेट माग गर्योष
यौटा ‘डोजर’ र हाकिमको लागि राम्रो गाडी किन्यो
बनेका संरचनाहरु बल प्रयोग गरेर भत्कायो
र खोलाको सीमालाई विस्तार गर्यो
अनि बाँकी बचेका जग्गा र घरहरुबाट, नियम विपरित
सार्वजनिक जग्गा मिचेर घर बनाएको भनेर
रातो रसिद काटेर जरिवाना असुल गर्योो
सरकारको आम्दानी बढायो
पदाधिकारी र कर्मचारीको अफिस कोठामा
रङ्ग लगायो, कार्पेट फेर्योि र नयाँ सोफा राख्यो
एयर कण्डिसन हाल्यो र पर्दा पनि फेर्योय

विकासकै लागि-
फेरी चुनाव हुनेछ र फेरी सरकार बन्नेाछ
वर्षेनी बस्तीमा पसेर दुःख दिने खोलालाई
शायद तह लगाउनु पर्नेछ, दायाँबायाँ ‘वाल’ लगाएर
त्यसको माथि स्ल्याब ढलान गर्नु पर्नेछ
अनि त्यसको दायाँबायाँको जग्गा प्लटिङ गरेर
सुन्दर बस्ती बसाउनु पर्नेछ
गगनचुम्बी घरहरु बनाउन राजस्वको दर तोक्नुि पर्नेछ
र रातो रसिद काटेर सरकारको आम्दानी पनि बढाउनु पर्नेछ

विकासकै लागि-
खोला, जमिन, इँट्टा र सिमेन्ट
यसरी नै प्रयोग भइरहेका छन्
जसरी राजस्व, चुनाव र जनता
नेता र कर्मचारीका लागि उपयोग भइरहेका छन्।

०००
काठमाडाैं
१७ पुष २०८१

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 year ago

तितो एथार्थता झल्काउने कविता ! जय होस् सर 🙏

Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x