साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहुलियत प्रकरण !

अनि तेस्रो सहुलित नातावाद। यहाँ नाताको चलन छ, गोताको चलन छ, कृपावादको जलप भएको यो नातावाद पनि एक महत्वपूर्ण सहुलियत हो ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

उसका तिन सहुलियत !
गफडीजिउ, तपाईंले महत्वपूर्ण दुई सजिला कुरा देख्यौ, मैले तिन सहुलियत देखेको छु, सुन्न चाहनुहुन्छ भने सुन्नुहोस्, भन्छु।’ कोही गाँजाको धुनमा हिँड्छन् भने कोही स्यानाम्यानाका सुरमा, कोही छोकडीका पिछे कुद्छन् भने कोही लकडीका पिछे त गफडी गफका धुनमा हुन्छ, यसैले। गफडीले चट्ट भन्यो, ‘फर्माउनोस् ! (गफडीलाई ‘फर्माउनोस्’ भन्दा श्री राइफल जस्ता जस्ता लागे उसका साथीका तिन सहुलियत !!

उसले फर्मायो- ‘गफडीलाई गफका नुस्खा ! त यहाँ एक सहुयित लकडी जसका नाममा वनजङ्गल स्वाहा । अर्को सहुलियत घुसखोरी जो प्रत्येक कार्यालयमा जागिरको कुर्सीमा बस्नेले सहजै गर्न पाउँछ तेस्रो सहुलियत हो कन्डम- जो प्रत्येक दोकानमा पाइन्छ, जसको पुण्य प्रभावले…..!’ ऊ हिहिहि गरेर हाँस्यो र खालि ठाउँका कुरामा पुरा वाक्य भनिरहनुपर्ने उसले खाँचो देखेन ।

गफडीका तिन सहुलियत !
गफडीले पनि हाजिरजवाफ गर्ने पारामा भन्यो- ‘गफडीका ज्ञानका पनि गोडा तिनेक सहुलियत छन् जो यस प्रकार छन्- एक सहुलियत यो हो, चियापसलमा वस्नु र निर्दल र वहुदल भनेर एक वर्ष खुप छलफल गरेर कटाएझै निकट भविष्यमै अर्काले गर्ने सङ्घर्षको कुरो फलाक्नु । आफूचाहिँ कमाउने बाटामा एक्सप्रेस भएर दौडनु र अर्कालाई चाहिँ क्रान्तिकारी बनाउने सपना देख्नु । दोस्रो सहुलित हो- देशभक्त बनी आफू सिन्को नभाँच्नु र अरूलाई चाहिँ गद्दार भनी गाली गर्नु अर्थात् सिद्धान्तवादी आलोचक बन्नु । तेस्रो सहुलियत हो- आफूले जति नै गद्दारी गरे पनि, वेइमानी गरे पनि, धोका दिए पनि, अल्छ्याई र कपट्याइँ गरे पनि मौका पर्दा आत्मप्रशम्सक बन्नु ।

तेस्राका तिन सहुलियत !
गफडी र उसको मित्रका कुरा सुन्ने तेस्रो व्यक्तिलाई पनि खुव खसखत लागेछ, उसले पनि भन्यो- ‘हजुर हो, मेरा पनि तिन सहुलियत सुनिदिनुहुन्थ्यो कि ?’

‘किन नसुन्ने ? फर्माउनोस् !’ भनेपछि उसले भन्न थाल्यो- ‘एक सहुलियत ॥ यहाँ ‘आश्वासन’ ! किन भन्नुहोला भने यहाँ काम गरिरहन पर्दैन, आश्वासन दिए हुन्छ । अर्काका लागि धन दिन सारै गाहारो छ, मन दिन त झन् गाहारो छ, तर समर्पण गर्न त झनै पो गाहारो छ। ‘गर्छु’ भने हुन्छ, तर गरिरहने पर्दैन। यसैले होल नहोस्, आश्वासन दिन पाउनु यहाँको एक सहुलियत हो । दोस्रो यहाँको सहुलियत हो- तारेख । यो तारेख पनि आश्वासन जस्तै हो । यहाँ अड्डामा हेर्नुहोस् मान्छेलाई कति तारेखमा झुलाइन्छ । यहाँ तारेख दिने सहुलितको परम्परा नै छ । यस्ता आरेखाले बखं-वर्ष दिन कसरी कट्छन् पत्तै हुँदैन । यस्ता तारेख जनतालाई मात्र होइन, कार्यकर्तालाई मात्र होइन, नेतालाई समेत दिन सकिन्छ । अनि तेस्रो सहुलित नातावाद। यहाँ नाताको चलन छ, गोताको चलन छ, कृपावादको जलप भएको यो नातावाद पनि एक महत्वपूर्ण सहुलियत हो । कुनै कर्मचारीले यो मेरो आफ्नो हो, आफन्त हो हजुर, भन्यो भने ऊ मास्तिरकोले आँखा चिम्लन्छ । प्रत्येक ठुलालाई नाताबाद गर्ने सहुलियत भएका कारणले नै जो-जसले पनि ईश्वर प्रसन्न रहुन्जेल नातावाद गर्ने मौलिक हक जस्तै, सहुलियत पाइन्छ भन्ने ठान्छ ।

पातमा पात ! बातमा बात !
एक हुँदै, दुई हुँदै तिन हुँदै सहुलियतहरूका वारेमा पातमा पात भएझै बातामा बात भई निकै कुरा भए। गफडीले घरमा आएर यसवारे चिन्तन गर्न लाग्दा उसकी घरबुढीले फर्माइन् ‘घरमा पनि तिन सहुलियत रहेछन्- श्रीमान्जिनउ !’
‘के-के रे ?’
‘श्रीमतीलाई चुल्हो कुराउने । एक सहुलियत, छोरीले हुनेजति काममा / बुट्नुपर्ने र छोराहरुले चाहिँ बसेर दलेर खान पाउने – दोस्रो स्वास्नीमान्छे पिर्ने सहुलियत, छोराहरू पहिले बिहे गर्न नमान्ने र वुढो हुइन्जेल पढ्ने, पढेपछि र बिहे गरेपछि भने आमाबाबुलाई छाडेर ढलीमली गर्ने। तेस्रो बाबुआमा पिर्ने सहुलियत !’
आजलाई अलम् । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ३४, २०३७
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x