साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिव्य शोभा हरायो

डाँफे नाच्ने कुमुदित वनमा फुल्न छाडे चमेली । बाजा बज्छन् अपनयन रुखा न्यायकाे खै त ठेली ? यस्तो देख्दा वरपर जहिले तड्पने झन् खरायाे । खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

खाेजेकाे हाे असल मुलुकले अग्रगामी विकास।
नेता लाग्दा अपहित पथमा छैन सङ्लाे,निकास।।
पार्टी खायाे गुट उपगुटले शान्ति टाढा भगायाे ।
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।१।।

हेमन्तीका विधिवश गुँडमा पस्न थाल्दै छ बाड।
पक्का खाँबाे ढलपल छ सदा,छैन राम्रो अबाड।।
पाखा भित्ता डगमग भवका देखिए त्रास आयाे ।
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।२।।

चाराे खाेज्दै पर पर अहिले जान्छ डाँफे उडेर।
एक्लै बस्छन् मुजुर विरहमा बास आफ्नो रुँगेर।।
च्याँ च्याँ गर्दै चिरबिर बचरा तड्पिँदा चित्त खायाे।
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।३।।

एक्लो सानो हरिण परिधिका कन्दराभित्र नाच्दै ।
हिँड्थ्याे केही मनमगज जिती साथमा प्रेम गाँस्दै ।।
जत्था जाेडी ,छलसित बलियो ,बाघ आई समायाे।
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।४।।

डाँफे नाच्ने कुमुदित वनमा फुल्न छाडे चमेली ।
बाजा बज्छन् अपनयन रुखा न्यायकाे खै त ठेली ?।।
यस्तो देख्दा वरपर जहिले तड्पने झन् खरायाे ।
खोला खोल्सा उपवन वनको दिव्य शोभा हरायो।।४।।

क्रमशः

०००
२०८१/९/१९
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x