साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो चुनावी खेल

‘रमेश चिह्नमा छाप लगाऔं उल्लु शर्मालाई जिताऔं ।’ दुईचार चम्चा जम्मा पारें गाउँ गाउँ र टोल चहारें चम्चा हिँड्थे झन्डा बोकी मैले किनेको रक्सी धोकी मेरै घरको खाना खान्थे वैरीलाई भोट ती माग्थे ।

Nepal Telecom ad

रमेश समर्थन :

एक दिन बुढीले भनी मलाई
ए उल्लुका बुद्धु जुवाइँ !
मास्टर भएकाले तपाईं
लाजमर्नु भएको छ मलाई ।
गर्नुस् बरु चुनावी लडाइँ
त्यसमा पो छ राम्रो कमाइ
मन्त्री बनेर गर्नुस् रजाइँ ।

पर्दैन केही जान्न सिक्न
जान्नुपर्दछ केवल बिक्न
केही गरेर मन्त्री बन्नुस्‌
प्रधानमन्त्रीको जरो खन्नुस्‌
पक्षमा होस् या विपक्षमा होस्‌
झिक्नुपर्दछ चर्को जोस ।

माइक भाँच्नुस्, रोस्टम घेर्नुस्‌
मन्त्री पाए पार्टी फेर्नुस्‌
हावाजहाजको यात्रा गर्नुस्‌
देशभरिका जङ्गल चर्नुस्‌
कुर्सीको होस् पकड बलियो
लाग्ला जब अब लौ ढलियो
नैतिकता र सिद्धान्त साट्नुस्‌
थुकेको थुक पनि चाट्नुस् ।

सरकारी कार खुब चढौंला
देशविदेशको भ्रमण गरौंला
कमिसन हैन, बढिसन खाउँला
उद्घाटनमा दुबै जाउँला
चालिस लाखको कार किनौंला
बेची ठुलो भवन छिनौंला ।

मन्त्रीबाट झर्नुपर्दा
कार्पेट, कुर्सी झ्यालका पर्दा
सब गुट्मुट्याई रित्तो पारी
सरकारी घर जाउँला छाडी
लाज पचाई भई चनाखो
सुत्केरी खर्चमा लाउनू आँखो ।

तब पो आउँछ मनी मनी
हामी पनि हुन्छौं अनि धनी
नत्र बेकम्मा तिम्रो यो तन
दिन्छु अरूलाई यो मन
छैन ढलेको अझै जोवन ।

सुनें जब जोईको अर्ती
राजनीतिमा म भएँ भर्ती
पुँजीवाद र निजीवाद
राजीवाद र नाजीवाद
साम्यवाद र समाजवाद
टोपीवाद र धोतीवाद
घोक्दै गर्न थालें याद
ल्यायो यसले नयाँ फसाद ।

चुनावचिह्न अब के रोज्नु
सबै रोजिए, के नयाँ खोज्नु
बुद्धिमती छे मेरी जहान
उसकै निस्के कुरा महान्‌
बुढीको यो आयो प्रस्ताव
धनकै निम्ति लड्छौ चुनाव
बुद्धि छैन तिम्रो उल्लु
लक्ष्मीजीको वाहन उल्लु ।

पत्नीसँग म भएँ सहमत
कुरा काट्ने छैन हिम्मत
मैले उल्लु चिह्न लिएँ
पोस्टर पम्प्लेट छाप्न दिएँ
पोस्टर मेरो बाहिर आयो
नयाँ समस्या त्यसले ल्यायो
चुनावचिह्नमा मेरो चित्र
छापिएको थ्यो बडो विचित्र
पढ्दै पनि लाग्ने दिक्क
थियो त्यसमा यस्तो वाक्य–
‘रमेश चिह्नमा छाप लगाऔं
उल्लु शर्मालाई जिताऔं ।’

दुईचार चम्चा जम्मा पारें
गाउँ गाउँ र टोल चहारें
चम्चा हिँड्थे झन्डा बोकी
मैले किनेको रक्सी धोकी
मेरै घरको खाना खान्थे
वैरीलाई भोट ती माग्थे
ठाउँ ठाउँमा सहँदै मार
गरें गर्न ता खुब प्रचार
मतदानको दिन जब आयो
यो मन खुसी मानी रमायो ।

गोला, बन्दुक, भाला बर्छी
देख्दै भागें म ता तर्सी
बुथमा जब गोली चल्यो
मेरो आशास्तम्भ ढल्यो
मतगणनामा झन् खाएँ चोट
एउटा मात्रै पाएँ भोट
एक हजारको नोट लिई
बुढीले अन्तै भोट दिई
सुन्नुस् अर्को नयाँ खबर
मेरै भोट नि भयो बदर
पच्यो जमानत लाग्यो लाज
मास्टरको मास्टर छु म आज
मास्टरको मास्टर छु म आज ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x