साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुबाटोमै जय छ

सिंहदरवार होस् कि बाघदरबार चितुवादरबार होस् कि स्यालदरबार बाटैबाटो जाँदा बाहिर ढोकामै पत्यारपत्र चाहिन्छ चोरबाटो भएर गए भित्र गद्दीबैठकसम्म नै ठमठमी रातो कार्पेटमै जसरी हिँड्न पाइन्छ ।

Nepal Telecom ad

हरि काेर्काली :

सिहदरबार होस् कि वाघदरबार
चितुवादरबार होस् कि स्यालदरवार
जुनसुकै दरवारभित्र पसेर
जता हेरे पनि, जता गए पनि
बाटाहरू भत्काइएका मात्र भेटिन्छन्
भएको बाटो छोपछाप पारेर
कुबाटै-कुवाटो हिँड्न वाध्य पारिएका
दृश्यहरू मात्र देखिन्छन् ।

बाटैबाटो जान खोजे
थुप्रै तगाराहरू पार गर्नुपर्छ
हात्तीसुँडे उकालाहरू चढ्नुपर्छ
कैयौं घुम्तीहरूमा फनफनी घुम्नुपर्छ
लाम र जाम पनि उत्तिकै छिचोल्नुपर्छ
तैपनि
गन्तव्य सुनिश्चित हुँदैन
विलम्बको त सिकारै बन्नुपर्छ
काम नहोला कि भन्ने डरको पनि
त्यही वाटोमै घर पर्छ ।

कुबाटैकुबाटो लागे
तगाराहरू पनि भेटिंदैनन्
उकालाहरू पनि आइपर्दैनन्
घुम्तीहरू त झन् देखैपर्दैनन्
यात्रा छोटो, छरितो र छिटो हुन्छ
कुनै लाम र जाममा नपरी
गन्तव्यमा फुत्तै पुगिन्छ ।

भनेको जति गनेर पुर्याउने
एउटै मात्र काम गर्न सक्नुपर्छ
जस्तोसुकै यात्रा पनि सफलतामै पुगेर टुङ्गिन्छ
हुनै नसक्ने यात्रा पनि पूरा गरेरै देखाइन्छ ।

सिंहदरवार होस् कि बाघदरबार
चितुवादरबार होस् कि स्यालदरबार
बाटैबाटो जाँदा
बाहिर ढोकामै
पत्यारपत्र चाहिन्छ
चोरबाटो भएर गए
भित्र गद्दीबैठकसम्म नै
ठमठमी
रातो कार्पेटमै जसरी हिँड्न पाइन्छ
माथिदेखि तलसम्म
वरदेखि परसम्म
जताततै
कुबाटोमै जय छ
कुबाटोमै निर्भय छ ।

०००
धृतराष्ट्रकाे शुभकामना (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x