साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि भक्त बन्छु !

बल्ल म तिम्रो चमत्कार पाखण्ड र ढोंग होइन भन्छु चमत्कारको गुणगान सबैसँग कहन्छु र म पनि तिम्रो भक्त बन्छु अन्य अन्धभक्तभन्दा अझै सशक्त बन्छु !

Nepal Telecom ad

रामदेव पाण्डे :

गज्जब, अति गज्जब चमत्कार
देखिँदैछ महा गज्जबका चमत्कार
माटोमुनि घण्टौं बसेर
जिउँदै निस्किरहेको छ कोही
पानीमुनि बसेर कोही
कोही आगोमा निर्धक्क हिँड्छ
कोही आगोमा मुण्डी गाडेर निस्किन्छ
निकाल्दैछ कसैले आफ्नै टाउकोबाट
आगोको भयङ्कर ज्वाला
निकाल्दैछ त कोही पानीको धारा
कति महान काम, कत्रो चमत्कार !
एउटा आनुरोध लौ न चमत्कारीज्यू
मेरा लागि
एउटा सानाे चमत्कार गरिदेऊ
पुर्याइदेऊ तिम्रो चमत्कारबाट
भोकालाई पेटमा एक पेट खाना
र नाङ्गाको आङमा एक आङ नाना
बल्ल म तिम्रो चमत्कार
पाखण्ड र ढोंग होइन भन्छु
चमत्कारको गुणगान
सबैसँग कहन्छु
र म पनि तिम्रो भक्त बन्छु
अन्य अन्धभक्तभन्दा
अझै सशक्त बन्छु !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x