सुरेशकुमार भट्टपतिसँगका दुई दुराचार
जिल्ल परेका साथीहरूलाई भने, हेर्नुस् मित्रहरू हिजोसम्म त त्यो आकाश कालो बादल मडारिने बिजुली चम्किने मात्र गरिरहेको थियो । आज त यति ठूलो हात्तीसुँडे वर्षा नै भयो भन्दै खिसिक्क हाँसे
सुरेशकुमार भट्ट :
१- महात्मा टुकनाथ
महात्मा टुकनाथ दक्षिण भारतका प्रसिध्द व्यक्ति हुन् । एकचोटी साह्रै ठूलो अनिकाल पर्याे । खानेकुराहरूको समेत अभाव हुन थाल्यो। भक्तहरू नै दुर्भिक्षको मारमा परेका बेला सिधा दान पनि तेति आएन । घरमा खाने कुरा नभए पछि श्रीमतीले भिक्षाटनमा जाऊॅ भनेर अति गर्न थालेपछि टुकनाथ भिक्षाटन गर्न भनेर घरबाट हिंडे।
दुई दिन बित्न लाग्यो भिक्षा चामल सामल केहि मिलेन । कुनै अन्नपात भिक्षा दिन घरमै अनिकाल परेपछि बाहिर कता दिन सक्ने ? कोहि दाता भेटिएन। कुटी तर्फ फर्कदै गर्दा बाटोमा उखु काटिरहेको देखेर हेरिरहे। उखु धनीले परैबाट महात्मालाई हेरिरहेका रहेछन्।
टाढैबाट हातले ईशारा गर्दै टुकनाथ महात्मालाई बोलाए । महात्माजी यता आऊनु भने।
महात्मा पनि किन बोलाए पक्कै केहि भिक्षा दिने भए भन्ने आशाले नजिकै गए। तब ती उखु धनीले भने “महात्माजी तपाईंलाई उखु खान मन पर्छ होला ? म एकलाँक्रा उखु हजुरलाई सिधा स्वरूप ट्कयाउँछु ग्रहण गर्नुहोस् । उनले मजैको एक लाँक्रा उखु महात्मालाई दिए। महात्माले पनि त्यो उखु आशिर्वाद समेत दिई ग्रहण गरेर बाटो लागे।
कुटीमा साँझमा पुगे र बाहिरैबाट बोलाए “कल्याणी” बाहिर आऊ त भने । हजुर आईपुग्नुभो ? भिक्षा खै त ? यी यहि हो।अरू केहि पाइएन भनेर उखुको लाँक्रा देखाका त तेहि लाँक्रा खोसेर महात्माको ढाडमा बजारिन । उखु भाँचिएर दुई टुक्रा भै भैमा झर्याे ।
टुकनाथको ढाडमा सुम्ला बस्यो होला तर बाङ्गाे बाङ्गाे बनाएर ती दुई टुक्रा टिपेर हातमा लिए। पत्नितर्फ फर्किएर भने प्रिया यहि उखु भने पनि एकएक टुक्रा खाऊॅ र प्राण बचाऊॅ भनेर पोल्टामा राखिदिए। मातेको हान्ने रॅागाले झैं ऋषिको मुखमा हेरिन् र उचालेर पर फ्याँकिदिइन्। महात्माले भने हेरिमात्र रहे केहि नबोली आफ्नो शुकलातर्फ लागे। र बिछ्यौनामा पल्टिएर सोचे “भगवान तिमी के सबै प्राणीको हृदयमा छौ त ? भए किन ? दुष्ट र दूराचारी बन्छौ त ? के दुष्ट दुराचारी पनि तिमीनै हौ ? नत्र को हो त ?”
२ नोवल प्राईज विजेता लियो टल्सटाय
सोवियत संघका लियो टल्सटाय नोवेल प्राईज बिजेता विश्वका प्रख्यात लेखक हुन्। ऊनले नोवल प्राईज पाएपछि ऊनलाई भेट्न आउनेहरूको धुइरो लागिरहेको थियो दिनहुँ जसो।
यसरी भेट्न आऊनेमा एक दिन विख्यात लेखक कवि साथीहरू टल्सटाएकहाँ आए। बधाई दिए अनि बसेर उनीहरू कुरा गरिरहेका थिए। केहि बेर भएको थियो पत्निलाई देखाएर यी मेरी प्रिय पत्नी हुन् भने। सबैले आदर भाउ गरे । टल्सटायले भने प्रिय यी मेरा विद्वान साथीहरूको केले सम्मान गरौं केहि त गरन भने । यो सुनेर ऊनी भरक्क भर्किएर झर्कदैं भित्र पसिन् र पानी भरिएको गाग्री ल्याएर लियो टल्सटायको टाउकोमा खन्याई दिइन र ऊस्तै भड्किलो पाराले भित्र गइन्।
यता टल्सटायले अरू जिल्ल परेका साथीहरूलाई भने, हेर्नुस् मित्रहरू हिजोसम्म त त्यो आकाश कालो बादल मडारिने बिजुली चम्किने मात्र गरिरहेको थियो । आज त यति ठूलो हात्तीसुँडे वर्षा नै भयो भन्दै खिसिक्क हाँसे । अनि सबैजना जराजुरूक उठेर आआफ्ना बाटा लागे।
त्यतै हेरिरहेका टल्सटायको मुखबाट अनयाशै वाणी खुस्क्यो, “मेरो त सधैं बादल वर्षाको बास कहाँ जाऊॅ र ?”
०००
Subscribe
Login
0 Comments
Oldest







































