साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खासखुस खासखुस

व्यापारीलाई पोस्न सक्ने ऊर्जामन्त्री अरे संचारको जिम्मा चाहिं छेपारोको छ रे व्वाँसो चाहिं भेडारक्षक हुने भाको छ रे अबदेखि दूध बाँढ्ने बिरालोले अरे ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

खासखुस खासखुस हल्ला चल्यो
मन्त्री फेरिइने
पुरानालाई थान्को लाउँदै
नयाँ हेरिइने

भेटी–दासलाई अर्थमन्त्री
निर्विकल्प अरे
रोटीवेटी कुटनीतिलाई
परराष्ट्र छ रे

पार्टीस्वार्थ धान्न सक्ने
गृहमन्त्री अरे
औषधिको ठेकेदारलाई
स्वास्थ्य जिम्मा छ रे

तालावन्दी सिकाउने
शिक्षामन्त्री अरे
निर्माणको जिम्मा चाहिँ
मदारीको छ रे

बिउमलको चलखेल विज्ञ
कृषि मन्त्री अरे
धाराबाट भाषण झार्ने
पानीमन्त्री छ रे

व्यापारीलाई पोस्न सक्ने
ऊर्जामन्त्री अरे
संचारको जिम्मा चाहिं
छेपारोको छ रे

व्वाँसो चाहिं भेडारक्षक
हुने भाको छ रे
अबदेखि दूध बाँढ्ने
बिरालोले अरे

नयाँ हुलले नयाँँ खाका
कोर्ने भए अरे
त्यहि आधारमा मुलुकले
फड्को मार्ने छ रे ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x