साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई चड्कन

त्यही बेला हावाको झोक्काले पानाहरू फटफटायो । धूलो उड्दै झ्यालबाहिर हरायो । पास्कलले टोलाउँदै भन्यो, "जब किताबका पानाहरू बोल्छन्, धूलो आफैँ हराउँछ ।"

Nepal Telecom ad

नन्दलाल आचार्य :

१.  किताब र धूलो

“पुस्तक पसलका किताबहरूले आफैलाई हेर्न सक्थे भने के सोच्थे होला ?” पास्कलले चिया थाम्दै गम्भीर स्वरमा सोध्यो ।

पसलको कुनामा महावीर पुनको किताबको थुप्रो थियो । अलिक पर, धूलोले लिपिएका टङ्कबहादुर आलेमगरका लघुकथासङ्ग्रह, पुण्य कार्कीका निबन्धसङ्ग्रह र राममणि पोखरेलका कथासङ्ग्रहहरू थन्किएका थिए ।

“यो महावीर पुनको किताब हो ?” पसलमा छिरेको युवकले सोध्यो ।
“हो, लिन्छौ ?” पसलेले उत्साहित हुँदै जवाफ दियो ।
“हो, तर फोटो खिच्न मात्रै !” युवक हाँस्यो ।

पास्कलले टाढैबाट यो संवाद सुनेर निधार खुम्च्यायो । पसलको बाहिरबाट आएको चिसो हावाले किताबका पानाहरू फटफटायो । ती पानाहरूले मानौँ मौन पुकार गरिरहेका थिए, “हामीलाई पढिन दे, सरकार ! स्रष्टालाई बाँच्न दे !”

पास्कलले झ्याल बाहिर हेर्यो । सडकमा मान्छेहरू तरकारीको भारी बोकेर हतारिएका थिए ।
“तरकारी जस्तो किताब बेच्ने दिन पनि आउँछ त ?” पास्कलको मनमा प्रश्न गुञ्जियो ।

अन्तिम गिलास चिया घुट्क्याउँदै उसले गहिरो सास फेर्यो । मनमनै भन्यो, “किताब बिकोस् तर धूलोको कथा कहिल्यै नबिकोस् ।”
०००

२. उत्तरकथा– पानाहरू बोल्दा

“किताबले बोल्न सक्थे भने के भन्थे ?” पास्कलले चियाको गिलास थर्थराउँदै सोध्यो ।

पसले निरुत्तर भयो । पसलको कुनाबाट एक महिला अघि बढिन् । उनले धूलोले छोपिएको स्वस्तिका सिम्खडाको लघुकथासङ्ग्रह ‘प्राणप्रतिष्ठा’ उठाइन् ।

“यो पढ्न खोज्नुभएको हो ?” पास्कलले सोध्यो ।
“पढ्न होइन, बचाउन । कथालाई मात्र होइन, स्रष्टालाई पनि !” महिलाको आवाज भारी थियो ।

त्यही बेला हावाको झोक्काले पानाहरू फटफटायो । धूलो उड्दै झ्यालबाहिर हरायो ।

पास्कलले टोलाउँदै भन्यो, “जब किताबका पानाहरू बोल्छन्, धूलो आफैँ हराउँछ ।”

०००
२०८१ माघ ४ गते ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x