साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाडा कविता

कर्मचारी इमान छाडा शिक्षक सम्मान छाडा व्यापारी लाज छाडा ताेरीलाहुरे काज छाडा छाडै छाडाकाे परिवेश छ संसारमा कहिं नभएकाे मेराे देश छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

नेता गतिछाडा
कार्यकर्ता मुखछाडा
अभिनेता शरमछाडा
पण्डितहरु धर्मछाडा
छाडैछाडाकाे परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

कमेडियनहरु छाडा जाेक नभै शाे चल्दैन भन्छन्
पल्लाघरे साईँलाे छाडा भै च्वास्सच्वास्स निस्कन्छन्
छाडा गायक सेलिब्रेटी बन्छन्
जताततै छाडाकै भिउज बढेकाे छ
सञ्चारमा छाडाकै न्युज चढेकाे छ ।

कर्मचारी इमान छाडा
शिक्षक सम्मान छाडा
व्यापारी लाज छाडा
ताेरीलाहुरे काज छाडा
छाडै छाडाकाे परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

कसैले समाजसेवाकाे नाममा चन्दा चलाए
कसैले कालाे नाेट लुकाउँन सहकारीकाे धन्दा चलाए
सामाजिक सञ्जालमा छाडा बिकिरहेछ
राजनीतिमा छाडा टिकिरहेछ
हाे हजुर !
सबै सबैतिर छाडाकै परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Gopal prasad Gautam
Gopal prasad Gautam
1 year ago

असल बिद्यार्थी युवा देश छाडा
परिश्रमी युवाहरु पनि देशै छाडा
प्रशाशक प्राध्यापक डाक्टर पनि देशै छाडा
कस्ले पाल्ने गाउँघरमा बाछा पाडा
सबै खालि हुँदै गए रमणिय डाडा काँडा
जताततै देश छाडाकै उछिनपाछिन छ
संसारमा युवा बेचेर खाने मेरै देश छ।

Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x