सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छाडा कविता

कर्मचारी इमान छाडा शिक्षक सम्मान छाडा व्यापारी लाज छाडा ताेरीलाहुरे काज छाडा छाडै छाडाकाे परिवेश छ संसारमा कहिं नभएकाे मेराे देश छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

नेता गतिछाडा
कार्यकर्ता मुखछाडा
अभिनेता शरमछाडा
पण्डितहरु धर्मछाडा
छाडैछाडाकाे परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

कमेडियनहरु छाडा जाेक नभै शाे चल्दैन भन्छन्
पल्लाघरे साईँलाे छाडा भै च्वास्सच्वास्स निस्कन्छन्
छाडा गायक सेलिब्रेटी बन्छन्
जताततै छाडाकै भिउज बढेकाे छ
सञ्चारमा छाडाकै न्युज चढेकाे छ ।

कर्मचारी इमान छाडा
शिक्षक सम्मान छाडा
व्यापारी लाज छाडा
ताेरीलाहुरे काज छाडा
छाडै छाडाकाे परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

कसैले समाजसेवाकाे नाममा चन्दा चलाए
कसैले कालाे नाेट लुकाउँन सहकारीकाे धन्दा चलाए
सामाजिक सञ्जालमा छाडा बिकिरहेछ
राजनीतिमा छाडा टिकिरहेछ
हाे हजुर !
सबै सबैतिर छाडाकै परिवेश छ
संसारमा कहिं नभएकाे मेराे देश छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
म व्यक्ति पूजक

म व्यक्ति पूजक

खगेन्द्र नेउपाने
अर्को वर्षा पर्खिरहेछौँ

अर्को वर्षा पर्खिरहेछौँ

खगेन्द्र नेउपाने
नरनाथ दाइ !

नरनाथ दाइ !

खगेन्द्र नेउपाने
म त्यसै घुस्याहा नभएकाे हाेइन

म त्यसै घुस्याहा नभएकाे...

खगेन्द्र नेउपाने
हावाका फूलहरु

हावाका फूलहरु

खगेन्द्र नेउपाने
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x