हरि कोर्कालीदुई–दुईटा सगरमाथा : कठै हाम्रो निर्लज्जता
चिलगाडीबाट सुन ओसार्ने खासखासहरूलाई, र नक्कली सरणार्थी बनाउने झकासहरूलाई । अनि त देशैभरि सगरमाथै सगरमाथा आहा ! क्या मज्जा !! कठै हाम्रो निर्लज्जता !

हरि कोर्काली :
सगरमाथाकै देशले
अर्को पनि सगरमाथा
खडा गरेछ,
दुईदुईटा सगरमाथा हाम्रा
आहा ! क्या मज्जा ।
पहिलो सगरमाथा
भूगोलले नै उपहारमा दिएको
चढ्न विदेशी पाहुना आउँछन्
प्रसस्तै सलामी चढाउँछन्,
दोश्रो सगरमाथा
सिंहदरबारको सुशासनले ठड््याएको
नेता र कर्मचारी मिलेर चढ्छन्
र, मज्जैले कमाउँछन्,
देशमा दुईदुईटा सगरमाथा
आहा ! क्या मज्जा ।
सुशासनको रथ ब्याक गियरमा
बेफिक्री हाँकिरहेको सिंहदरबारले
अब चाँडै
बाघदरबार, चितुवादरबार, स्यालदरबार र ब्वाँसोदरबारमा पनि
यस्तै सुशासनका शिखरहरू निर्माण गरेर
देशैभरि सुशासन र अमन चैनको पटाहा लगाउने छ
र, सहयोग गर्न हामी जिताइ रहने छौं–
यिनै
पानीट्याङ्कीमा पैसा घुसार्नेहरूलाई
विदेशी बैंकमा लगेर डलर थुपार्नेहरूलाई
क्यन्टोनमेन्टको तरले जुँगा मुसार्नेहरूलाई
फलफूल व्यापारीका कथित मीतहरूलाई
विदेशीका अजेण्डामा बग्ने गुहुमुतहरूलाई
पराइप्रभुका पाउमा रमाउने अद्भुतहरूलाई
चिलगाडीबाट सुन ओसार्ने खासखासहरूलाई, र
नक्कली सरणार्थी बनाउने झकासहरूलाई ।
अनि त
देशैभरि सगरमाथै सगरमाथा
आहा ! क्या मज्जा !!
कठै हाम्रो निर्लज्जता !
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































