साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही अपवाद बाहेक …

परिश्रमीहरुको कुरै नगरौं, अल्छी तिघ्रेहरु मात्रै छन् स्वादे दुई जिभ्रेहरु मात्रै छन् ! ठगहरु मात्रै छन् कामचोरहरु मात्रै छन् हरामखोरहरु मात्रै छन् ! सुयोग्य सक्षमहरुको कुरै नगरौं, अयोग्य असक्षमहरु मात्रै छन् ।

Nepal Telecom ad

मिलन समीर :

सतीले सराप्दै ज्युदै जलेर मर्नुपरेको,
ईश्वरवल्लभहरुका अभागी आमाहरूले
घाँटी रेटेर अनाहकमा आत्महत्या गर्नुपरेको,
योगमायाहरुले अरुण नदीको भेलमा हेलिएर
जल समाधीको नाउँमा जीवन सागर तर्नुपरेको,
मदन आश्रीतहरु दासढुंगाको भीरबाट झर्नुपरेको,
बी.पी. कोइरालाहरु बिनाकारण जेलमा पर्नुपरेको,
कृष्णप्रसाद कोइरालाहरु देशै छोडी बसाइँ सर्नुपरेको
यो देशमा केही अपवाद बाहेक …
त्यागी – धर्मात्माहरुको कुरै नगरौं,
निर्दयी लोभीपापीहरु मात्रै छन्
लेखिसकिएका कापीहरु मात्रै छन्
ताल्चाबिनाका चापीहरु मात्रै छन्
केही नाप्नै नजान्ने नापीहरु मात्रै छन् !

पुलिसहरुको कुरै नगरौं
साला ठिसहरुको कुरै नगरौं,
चोर, फटाहा, डाकाहरु मात्रै छन्
दुश्मन जस्तै काकाहरु मात्रै छन्
लक्ष्यविहीन खाकाहरु मात्रै छन्
मह निचोरिएका चाकाहरु मात्रै छन्
आफैं फुस्केका टाकाहरु मात्रै छन्
रङ खुइलिएका ढाकाहरु मात्रै छन्
पुरै तस्करमैत्री नाकाहरु मात्रै छन्
पुरानै सोचका पाकाहरु मात्रै छन्
मलाङबिनाका बाकाहरु मात्रै छन्
नाघिसकेका भाकाहरु मात्रै छन् !

बर्दीसहितका गुण्डाहरु मात्रै छन्
बुद्धिविवेकहीन झुण्डहरु मात्रै छन् !

जाली अनि झेलीहरु मात्रै छन्
तेलबिनाका तेलीहरु मात्रै छन्
बेलबिनाका बेलीहरु मात्रै छन्
भेलबिनाका भेलीहरु मात्रै छन् !

ढाटहरु मात्रै छन्
छाटहरु मात्रै छन्
भाटहरु मात्रै छन् !

छलीहरु मात्रै छन्
कलीहरु मात्रै छन्
खलीहरु मात्रै छन्
मख हुँदै नभएका
मलीहरु मात्रै छन् !

हुस्सुहरु मात्रै छन्
विद्वानहरुको कदर हुँदैन
बुद्दु, महामूर्खहरु मात्रै छन्
अन्धभक्त, लम्पटदास
हनुमानहरु मात्रै छन्
अन्जानहरु मात्रै छन् !

झोलेहरु मात्रै छन्
कोलेहरु मात्रै छन्
खोलेहरु मात्रै छन्
चोलेहरु मात्रै छन्
छोलेहरु मात्रै छन्
टोलेहरु मात्रै छन्
डोलेहरु मात्रै छन्
ढोलेहरु मात्रै छन्
तोलेहरु मात्रै छन्
पोलेहरु मात्रै छन् !

चम्चेहरु मात्रै छन्
हुक्केहरु मात्रै छन्
ढोकेहरु मात्रै छन्
चोकेहरु मात्रै छन्
पोकेहरु मात्रै छन्
फोकेहरु मात्रै छन्
बोकेहरु मात्रै छन्
भोकेहरु मात्रै छन् !

बैठकेहरु मात्रै छन्
सज्जनको कुरै नगरौं,
दुर्जनहरु मात्रै छन्
बोके डनहरु मात्रै छन्
अजिर्ण तनहरु मात्रै छन्
डढिसकेका वनहरु मात्रै छन्
मरिसकेका मनहरु मात्रै छन् !

अगस्तिहरुको त कुरै नगरौं,
हन्तकाली भोकाहरु मात्रै छन्
उक्लिरहने बोकाहरु मात्रै छन्
पिध फाटेका डोकाहरु मात्रै छन्
ढल्नै लागेका ढोकाहरु मात्रै छन्
सबैले दिएका धोकाहरु मात्रै छन्
रिसले भरिएका पोकाहरु मात्रै छन्
पानीका क्षणिक फोकाहरु मात्रै छन् !

भ्रष्टहरु मात्रै छन्
ग्रस्तहरु मात्रै छन्
त्रस्तहरु मात्रै छन्
परस्तहरु मात्रै छन् !

महापिसाच पाखण्डीहरु मात्रै छन्
चोरको बाउ चण्डाल चण्डीहरु मात्रै छन्
जुन दिशातिर हावाहुरी चलिरहेको हुन्छ –
उतै फर्फराइरहने पिपलपाते झण्डीहरु मात्रै छन्
त्यही झण्डाभित्र घुसारिएका डण्डीहरु मात्रै छन्
पुरै बेकार बनिसकेका ब्राण्डेड बण्डीहरु मात्रै छन्
काचो मासु बेचिने अमानवीय मण्डीहरु मात्रै छन्
विदेशी प्रभुहरुद्वारा पालिएका हण्डीहरु मात्रै छन् !

परिश्रमीहरुको कुरै नगरौं,
अल्छी तिघ्रेहरु मात्रै छन्
स्वादे दुई जिभ्रेहरु मात्रै छन् !

ठगहरु मात्रै छन्
कामचोरहरु मात्रै छन्
हरामखोरहरु मात्रै छन् !

सुयोग्य सक्षमहरुको कुरै नगरौं,
अयोग्य असक्षमहरु मात्रै छन् !

धुर्त जोगीहरु मात्रै छन्
पाखण्डी ढोगीहरु मात्रै छन्
केवल भुक्तभोगीहरु मात्रै छन्
संयोगका योगीहरु मात्रै छन्
मृत्युले पनि नपत्त्याइरहेका
दीर्घ बहुरोगीहरु मात्रै छन् !

कुरौटे गफाडीहरु मात्रै छन्
परजीवी ढाडीहरु मात्रै छन्
बसिसकेका नाडीहरु मात्रै छन्
फुटिसकेका हाडीहरु मात्रै छन् !

उज्यालो दिनको त कुरै नगरौं
लागेको घिनको त कुरै नगरौं
भारत र चिनको त कुरै नगरौं
जागेको अलक्षिनको कुरै नगरौं
मागेको रिनको त कुरै नगरौं
किनकि,
केही अपवाद बाहेक
यो देशमा यतिबेला …
अध्यारा रातहरु मात्रै छन्
पीडाका खातहरु मात्रै छन्
आँखा चिम्लेका विश्वासहरुमा
सदैव गरिएका घातहरु मात्रै छन्
चपाउने त उहिल्यै झरिसकेको हो
केवल देखाउने दातहरु मात्रै छन्
भुइँमा झरेका पातहरु मात्रै छन्
तल परेका हातहरु मात्रै छन् !

विवेकशीलहरुको कुरै नगरौं
गढेका खीलहरुको कुरै नगरौं
गिद्व र चीलहरुको कुरै नगरौं
फर्जी बिलहरुको कुरै नगरौं
किनकि,
केही अपवाद बाहेक
यो देशमा यतिबेला …
विवेकहीनहरु मात्रै छन्
गतिछाडाहरु मात्रै छन्
मतिछाडाहरु मात्रै छन्
फुलहरुको त कुरै नगरौं,
जङ्गली काढाहरु मात्रै छन् !

अपराधीहरुको आतंक छ
हत्याराहरुको हालीमुहाली छ !

नैतिकताको न पनि बाकी नभएका
लाज पचाएर चर्तीकला देखाइरहने
बेइमान उखाने जोकरहरु मात्रै छन्
आफ्नै आमाको छातीमा लात हानेर
अर्कैका लागि मरिमेटेरै काम गरिरहने
ईमानदार गुखाने नोकरहरु मात्रै छन् !

दलाल, माफिया र तस्करहरु मात्रै छन्
बनेको काम बिगार्ने लस्करहरु मात्रै छन् !

बिचौलियाहरु मात्रै छन्
उडुस र उपियाँहरु मात्रै छन्
भुस र बियाँहरु मात्रै छन् !

लेखकहरुको त झन् कुरै नगरौं,
केवल लेखनदासहरु मात्रै छन्
धर्तीको बोझ बनेर बाचिरहेका
केवल ज्युदा लासहरु मात्रै छन्
पुरा हुँदै नहुने आशहरु मात्रै छन्
गन्धे झारसङ्गै घाँसहरु मात्रै छन्
फुलिसकेका बासहरु मात्रै छन्
दलदले हिलोका भासहरु मात्रै छन्
फुस्किन बाकी सासहरु मात्रै छन् !

त्यसैले त यो देश केही अपवाद बाहेक …
अहिलेसम्म पनि भुइँमान्छेहरुको हुँदै भएन !

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तुइन

तुइन

डा. अमर गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x