साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो र पानी

कसैले तलाउमा अगुल्टोले हान्दा पानीलाई केही नोक्सान पुग्छ र ? जलको सम्पर्कमा आएपछि निभ्नुबाहेक आगोसँग अर्को विकल्प हुन्छ र ?

Nepal Telecom ad

युवराज भण्डारी :

कोही सामु आएर
घृणाको पोकोले नै किन नहानोस्
लिनुपर्नेले नलिएपछि
हान्नेको केही लाग्दैन
जसरी सिसामा परेको प्रकाश फर्किन्छ
त्यसरी नै फर्किन्छ—
जसले हानेको हो, उसैतिर
जताबाट आएको हो, उतैतिर
परावर्तित प्रकाशजस्तै ।

शत्रुलाई दिन चाहेको अपमान
आफैँले बोकेर घर फर्किनुपर्छ
आफ्नै झोलामा ।

कसैले तलाउमा अगुल्टोले हान्दा
पानीलाई केही नोक्सान पुग्छ र ?
जलको सम्पर्कमा आएपछि
निभ्नुबाहेक
आगोसँग अर्को विकल्प हुन्छ र ?

०००
‘अर्को कर्नाली’ कवितासङ्ग्रह (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x