साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर…

कामकुरो भाँडमै जाओस्, सुगा रटानमा भन्नुहुन्छ भ्रष्टाचार शून्य पार्ने भन्दै तस्करीको बाटो खन्नुहुन्छ पक्ष, विपक्ष, बोक्सी झाँक्री दुबैखाले प्रतिनिधि ? आतङ्कको धङ्धङी स्याहार्ने सडकनायक बन्नु हुन्छ ।

Nepal Telecom ad

ई. कुमार खड्का :

मुट्ठी खोल्ने सल्लाह दिदा छातिमै गाँठो पार्नुहुन्छ
काबुमा बस्नु राम्रो भन्दा पाखुरा मात्रै सार्नुहुन्छ
लाटाले पापा हेरेंझैं गर्ने समय, माग नबुझी होला
आफ्नो हातले जितिने बाजी निरीह हुँदै हार्नुहुन्छ ।१

लम्किएर भेट्टाउनु साटो हातखुट्टा त्यसै गाल्नुहुन्छ
पछाडि टेको लगाउँ भन्दा भुइँमा टाउको ढाल्नुहुन्छ
जानफकार बुझकि बन्दै मौकामा हिरा फोर्ने बेलामा
भित्री शक्ति सुदृढ गर्ने चेतनाको बुद्ध फाल्नु हुन्छ ।२

तताउनु कता हो कता तातेको उल्टो चिसाउनु हुन्छ
आफ्नै मर्जी, निर्णयमा कुठाउँ भारी बिसाउनु हुन्छ
डिठ्ठा, विचारी बन्ने सोच अरुले काँध थापेको भरमा
औकात के हो पत्तो हुदैन बिनाकारण रिसाउनु हुन्छ ।३

हवाइजहाज उडाउदा हावाले छाना कुदाउन सक्छ
वस्तिमा रेल गुडाउदा पाकेको बाली ढलाउन सक्छ
चुल्होमै ग्याँस जडानगर्दा आफ्नै भान्सा चिहान होला
बिजुली जल्दा करेन्ट लागि हुर्केको जीवन चुडाउन सक्छ ।?४

कामकुरो भाँडमै जाओस्, सुगा रटानमा भन्नुहुन्छ
भ्रष्टाचार शून्य पार्ने भन्दै तस्करीको बाटो खन्नुहुन्छ
पक्ष, विपक्ष, बोक्सी झाँक्री दुबैखाले प्रतिनिधि ?
आतङ्कको धङ्धङी स्याहार्ने सडकनायक बन्नु हुन्छ ।?६

०००
आलापोट, काठमाडौं ।
२०८१/१०/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x