साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल माने माफिया !

विकास सिकास आफैं हुन्छ काम गर्नेले काम छोड् युवाशक्तिको कामै छैन युवाजति देश छोड् रेमिट्यान्सले काम चलाउँछौँ केही नगरी पहिचान जोगाउँछौं ।

Nepal Telecom ad

रामदेव पाण्डे :

बडो चलनचल्तीमा छ
गजबको एउटा काफिया
असफलजति इमान्दार
सफल माने माफिया
केही नगरी बस्ने र
गरे पनि टाट पल्टने
आहा, क्या इमान्दार !
गरिखान खोज्ने र
सफल हुनेजति सबै
उस्तै उस्तै खराब दुकान्दार
उद्योगपति सारा
औद्योगिक माफिया
सफल स्कुल शैक्षिक माफिया
न गाडी चाहिन्छ न केबलकार
विकास सिकास किन चाहियो यार!
हिजो पैदल हिंडेकै हो
ढाकरमा नुन तेल बोकेकै हो
किताब पुजे भइन्छ ज्ञानी
पाठशाला बन्द गरेर हुन्छ
पैदल हिंडे स्वास्थ्य बन्छ
गाड़ी, जहाज किन चाहिन्छ ?
विज्ञान र विकास किन चाहिए ?
पुग्छ हामीलाई
हाम्रो पुरानै मौलिकता भए
खोस्छ पहिचान चराको
आकाशमा उड्ने जहाजले
घस्रिने जीवको गुड्ने गाडीले
किन चाहियो बाटोघाटो
चाहिएन बिजुलीको तार सार
बेकारमा मान्छेको भिड बढ्छ
चाहिन्न हामीलाई केबल कार
गाडी गुडाए हराउँछ
दौडिने मौलिकता
पुल बनाए हराउँछ
पौडिने मौलिकता
घन्काउनु पर्छ एकै स्वर
नेता मन्त्री सबै चोर
फलानो नेता देश छोड्
ढिस्कानो मन्त्री देश छोड्
विकास सिकास आफैं हुन्छ
काम गर्नेले काम छोड्
युवाशक्तिको कामै छैन
युवाजति देश छोड्
रेमिट्यान्सले काम चलाउँछौँ
केही नगरी पहिचान जोगाउँछौं
बडो चलनचल्तीमा छ
गजबको एउटा काफिया
असफलअजति इमान्दार
सफल माने खाँटी माफिया !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x