साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम !

जाे छन् नित्य कुमार्गमा रत तिनै बस्छन् सुमार्गी बनी लाेभी जाे छ सधैँ अनन्त धनकाे मानिन्छ त्यागी भनी पत्नी घरमा चहार्दछ उही पाे ब्रह्मचारी भयाे ब्वाँसाकाे गुरु नै दयानिधि भए के भन्न बाँकी रह्याे ?

Nepal Telecom ad

रमेश समर्थन :

लुट्छन् दानबहादरै धन यहाँ या माग्दछन् दिन्दिनै
हाेऊन् भाेजप्रसाद नै दिनदिनै भाेकै रहन्छन् तिनै
लाछी, कायर, छेरुवा जति अझै वीरै गनिन्छन् झनै
नामै बुद्ध भएर के जब तिनै रेट्छन् खसी राेज नै ।

पढ्ने काम कुनै गरेन जसले बन्ने उही पाठक
हातैमा जसकाे परेन कलमै बन्ने उहीँ लेखक
के हाे शास्त्र बुझेन क्यै पनि अझै शास्त्री हुने रे उनै
भैंसीतुल्य त अक्षरै तर अहाे आचार्य बन्ने तिनै ।

नाकै छैन त के लगाउनु फुली औँठी कहाँ लाउनु
औँलै छैन र छैन केश शिरमा के काइँयाे चाहिनु
खुट्टै छैन भने किनेर भन के जुत्ता र माेजा गरूँ
भट्टाचार्य भए निरक्षर भने राेऊँ कि हाँसी मरूँ ?

नामै हाे धनराज किन्तु जहिल्यै जाेगी बनी बस्दछन्
जाेगी हुन् तर खानपान सबमा भाेगी उनै बन्दछन्
वाणी नाम छ के भनूँ र उसकै बाेली नफुट्ने अरे
के गर्छाै जब शान्ति नै हरघडी लड्ने र भिड्ने गरे ।

जाे छन् नित्य कुमार्गमा रत तिनै बस्छन् सुमार्गी बनी
लाेभी जाे छ सधैँ अनन्त धनकाे मानिन्छ त्यागी भनी
पत्नी छन् घरमा चहार्दछ उही पाे ब्रह्मचारी भयाे
ब्वाँसाकाे गुरु नै दयानिधि भए के भन्न बाँकी रह्याे ?

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x