साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनलोकबाट धनलोक अर्थात सत्तालोकमा पुगेपछि

ती हाम्रै जनलोकमा जब थिए सामान्य देख्थ्यौं अति सत्ता वा धनलोकमा जब पुगे जोडे निकै सम्पति के हेर्थे भुइँमा झुकेर अब ती छन् माथि जो शिर्षमा सत्तालोक पुगे नि भाग्य बलियो क्या रै´छ संसारमा ।

Nepal Telecom ad

राजेन्द्र घायल :

निष्ठा नैतिकता विचार अथवा सिध्दान्त सड्दै गयो
ईर्ष्या डाह अहम् घमण्ड शिरमा बिस्तार चढ्दै गयो
त्यागी नायक क्रान्तिका धरहरा योध्दा भनेका सबै
सत्तालोक पुगेर रित्तिन गए सड्दै गले मक्किँदै ।

के गर्थें कसरी पुगें शिखरमा कस्ले बढायो अघि
के भन्थें अघि अ‍ाज के गरिरहें हेक्का छँदै छैन कि
कस्तो लोक रहेछ त्यो बिगतका सम्पूर्ण बिर्साउने
कुल्ची मानवता रमाइरहने स्वार्थी र लोभी हुने ।

साथी दुश्मन झैं हुने र अघिका जो जो थिए दुश्मन
ती अ‍‍ाफन्त हुने सुझाव तिनकै गर्ने सधैं पालन
जस्ताको पनि फेर्न सक्छ सजिलै त्यो टाउकाको गिदी
ज्याद्रो लोक रहेछ जादु त्यसमा देखिन्छ कस्तोविधि ।

ती हाम्रै जनलोकमा जब थिए सामान्य देख्थ्यौं अति
सत्ता वा धनलोकमा जब पुगे जोडे निकै सम्पति
के हेर्थे भुइँमा झुकेर अब ती छन् माथि जो शिर्षमा
सत्तालोक पुगे नि भाग्य बलियो क्या रै´छ संसारमा ।

०००
चितवन
घायलकाे घुयेँत्राे (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x