साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलमको कन्तबिजोग

झरेको छ स्याहीको आँसु रोएकोछ निरीह कलमको मन्! नौकरी देखेर अचेल आफ्नो खतरामा, अनेक रचाकारको सहयात्री बिचरो कलम- उदास भै बसेकोछ, टेबुलको अंध्यारो घर्रामा।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कलमको भयो कन्तबिजोग
अनेक विधिले
कलम भएको छ कुण्ठित
युगीन प्रविधिले।
पहिले कलम नभई नहुने
अब कलम किन चाहिने।
पहिले उसको शत्रु थियो
मात्र एक टाइपराइटर
अहिले मोबाइल ल्यापटप
प्रत्येक हातमा घर घर।
कलममाथी सबैतिरबाट छ प्रहार
कोही सुन्दैनन् कहाँ गर्ने हारगुहार।
पहिले सौतेनी डटपेनले घर बिगार्यो
अब यी विदेशी सुन्दरी
“टच स्क्रीन”ले त
जीवन नै उजाड्यो।
झल्झली सम्झन्छ आफ्ना सुनौला दिन
भविष्यको चिन्ताले भएको छ जीर्ण।
कलमकारको कृतध्नताले कोरिन नपाई झरेको छ स्याहीको आँसु
रोएकोछ निरीह कलमको मन् !
नौकरी देखेर अचेल आफ्नो खतरामा,
अनेक रचाकारको सहयात्री
बिचरो कलम-
उदास भै बसेकोछ,
टेबुलको अंध्यारो घर्रामा।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x