
कलमको कन्तबिजोग
झरेको छ स्याहीको आँसु रोएकोछ निरीह कलमको मन्! नौकरी देखेर अचेल आफ्नो खतरामा, अनेक रचाकारको सहयात्री बिचरो कलम- उदास भै बसेकोछ, टेबुलको अंध्यारो घर्रामा।

लक्ष्मण नेवटिया :
कलमको भयो कन्तबिजोग
अनेक विधिले
कलम भएको छ कुण्ठित
युगीन प्रविधिले।
पहिले कलम नभई नहुने
अब कलम किन चाहिने।
पहिले उसको शत्रु थियो
मात्र एक टाइपराइटर
अहिले मोबाइल ल्यापटप
प्रत्येक हातमा घर घर।
कलममाथी सबैतिरबाट छ प्रहार
कोही सुन्दैनन् कहाँ गर्ने हारगुहार।
पहिले सौतेनी डटपेनले घर बिगार्यो
अब यी विदेशी सुन्दरी
“टच स्क्रीन”ले त
जीवन नै उजाड्यो।
झल्झली सम्झन्छ आफ्ना सुनौला दिन
भविष्यको चिन्ताले भएको छ जीर्ण।
कलमकारको कृतध्नताले कोरिन नपाई झरेको छ स्याहीको आँसु
रोएकोछ निरीह कलमको मन् !
नौकरी देखेर अचेल आफ्नो खतरामा,
अनेक रचाकारको सहयात्री
बिचरो कलम-
उदास भै बसेकोछ,
टेबुलको अंध्यारो घर्रामा।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest