साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दास भन्दा ठूलो अर्को दास हुँदैन

सत्व गुमाएका यस्ता दासहरुको विगविगी आजभोलि राजनीतिमा पनि छ। अड्डा, अदालतमा पनि छ। घर गाउँमा पनि छ। तपाईंले पनि यस्ता दासहरु कतै भेट्नु भयो भने एक वचन बोल्दिनु होला।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

दासले,
उज्यालो हेर्नु हुँदैन।
आकासमा चरा उडेको देख्नु हुँदैन।
फूलको सुन्दरता हेर्नु बासना हुँदैन।

किन भने,
दासले हेर्ने भनेको
मालिकको आँखाले हो।
दासले बुझ्ने भनेको
मालिकको विवेकले हो ।
दासहरुले हिँड्ने भनेको,
मालिकको गोडाले हो।

दासहरुको स्वतन्त्रता
मालिकको आदेश हो।
दासहरुको धर्म, कर्म
मालिकको इसारा हो।
दासहरुको मन्दिर
मालिकको प्रदक्षिणा हो।

त्यसैले,
निजत्व हरण भएका दासहरुले
शिर उठाउनु हुँदैन
आँखा मर्काउनु हुँदैन
विवेकको कुरा गर्नु हुँदैन,
इमानको खानु हुँदैन।

सत्व गुमाएका
यस्ता दासहरुको
विगविगी आजभोलि
राजनीतिमा पनि छ।
अड्डा, अदालतमा पनि छ।
घर गाउँमा पनि छ।

तपाईंले पनि
यस्ता दासहरु कतै भेट्नु भयो भने
एक वचन बोल्दिनु होला।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x