साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम मोह

जब चौतर्फी प्रशिध्दिमा नाम जोडिन्छ अनि अरूमाथि हमला गर्न पुग्छु नामैनामको भ्यूटावर चढेर शक्तिको प्रशन्नतामा पुलकित हुन्छु ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

कति प्यारो छ मलाई मेरो नाम
जस्लाई म सधैं सिंगार्छु र सुमसुम्याउँछु
मनपराउँछु र मनपराएको मनपराउँछु
खुशी हुन्छु नाम छरिएको देखेर
छर्नेलाई धन्यवाद दिन्छु हृदयमा लेखेर ।।

मेरा नामका अक्षर मात्रा र महिमा देख्दा
सबै सबै मीठा लाग्छन् र रुचि जाग्छन्
मेरो नाम देखेर सबै तनाव पर भाग्छन्
प्रशन्नताका ताँतीहरू छमछमी नाच्छन् ।।

आत्मगौरवले मनै भरिन्छ
पुरस्कार र पदवीले सम्मान गरिन्छ
भूमिका छोडेर नामतिरै सरिन्छ
अवरोधहरू नामले नै तरिन्छ ।।

धन्न मेरो नाम जुरे झैं लाग्छ
नामका अक्षर आफैंले बनाए झैं लाग्छ
मनले विरहको पिङ खेलेका बेला
झट्का हानेर रोक्छन् नामका अक्षरहरू ।।

पतन होला भनेर जतन गर्छु
गठन र विघटनका जलनमा परे पनि
नाम स्वीकार्नेलाई खटन गर्छु
अरूले जेसुकै भने पनि नाममा उत्थान नै गर्छु ।।

अनगिन्ति परिवर्तन देखे पनि
मेरो नाममा परिवर्तन छैन र ढुक्क छु
नाम त स्थिर छ र अकाट्य छ
नाममहिमाले उचाइ पाइरहेकै छ ।।

कहिले यता कहिले उता
जता नाम छ उतै म ता
नाम छुटेपछि त के गर्नु र
मैं हराउँछु कता कता ।।

नाममा महिमा मण्डित विशेषण देख्छु
अनि खुशीले शिखर नै छुनपुग्छु
अभेद्य प्रश्न उठाए कसैले भने
म मौनताका कुना पसेर लुक्छु ।।

जब चौतर्फी प्रशिध्दिमा नाम जोडिन्छ
अनि अरूमाथि हमला गर्न पुग्छु
नामैनामको भ्यूटावर चढेर
शक्तिको प्रशन्नतामा पुलकित हुन्छु ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x