साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहाराबिनाको भयो जिन्दगानी

नशा धेर लिन्छन्, दशा काल डाक्छन्। दिवा रात पार्छन्, रमाएर लुट्छन् ।। हियो प्वाल पार्ने, सयौँ छन् कहानी । मरी बाँच्नु जस्तै, भयो जिन्दगानी ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

सखा छन् सहेली, सयौँ भाइबन्धु ।
निदाएर बस्दा, कहाँ तर्नु सिन्धु ।।
धराधाम तोड्दै, बने बेइमानी ।
निशाकाल जस्तै, भयो जिन्दगानी।।-१

वधू पुत्र चेली, गए देशपारि ।
भए आज आफ्ना, नचिन्ने पराई ।।
व्यथा विघ्न पीडा, भय छन् सिरानी।
सहाराबिनाको, भयो जिन्दगानी ।।-२

फलानो छ ज्याद्रो, भनी द्रोह गर्छन् ।
र यस्तो र उस्तो, भनी बात काट्छन् ।।
यहाँ धेर मान्छे, बिगार्छन् बिहानी ।
निराशा बढेझैँ, भयो जिन्दगानी ।।-३

बिनादोष व्यर्थै, खुराफात गर्छन् ।
दगा धर्नुपर्ने, कलामा खुसी छन् ।।
यहाँ आज आफ्ना, लुकी घात गर्छन् ।
बनाएर खाल्डो, धकेलेर हिँड्छन् ।।-४

बिनायोजनाले , गया धाम पुग्छन् ।
अनौठा कुराले, र आकाश जोड्छन् ।।
खसालेर बोल्छन्, नराम्रो छ बानी ।
खराबी प्रथामा, फस्यो जिन्दगानी ।।-५

नयाँ युक्ति रोज्दै, कडा काण्ड रच्छन् ।
बडा बात गर्दै, र तारा खसाल्छन् ।।
सबै यत्न आशा, बनाए खरानी ।
फुटेको सिसाझैँ, भयो जिन्दगानी ।।-६

नशा धेर लिन्छन्, दशा काल डाक्छन्।
दिवा रात पार्छन्, रमाएर लुट्छन् ।।
हियो प्वाल पार्ने, सयौँ छन् कहानी ।
मरी बाँच्नु जस्तै, भयो जिन्दगानी ।।-७

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x