साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोठ र भेडाहरु

त्यसैले, गोठभित्रबाट आवाज आयो भने बुझ्नुस्- घाँस र दानापानी हाल्ने बेला भयो अर्थात् ख्वाउने हो, पाल्ने हो र देखाउने हो ठूला झलझलाकार गोठहरु, र बडेमान भेडाहरु… ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

केही गोठहरु छन् र ती गोठहरुमा
जीउ भरी मैला भुत्ला पलाएकाहरुको बथान छ
र जीऊभरी, त्यस्तै घीन लाग्दा रौं पलाएका
घुम्रिएको सिङ, अनि नाकबाट सिँगान चुहाइरहेका
भनौं केही नाइकेहरु पनि छन्
नाम जे सुकै दिए हुन्छ-
सांसद, संसद वा मन्त्रीहरु
जसरी चेस खेल्दा, गोटीहरुलाई
राजादेखि पिउसोसम्म भन्ने गर्छौं
वा भन्नुस्, केही फरक पर्दैन-
विशिष्ट, अति विशिष्ट वा नालायकहरु
यिनीहरुले सोच्ने र गर्ने भनेकै
खाने हो, चपाउने हो र उग्राउने हो
अनि फेरि खाने हो, चपाउने हो र उग्राउने नै हो

हेर्नुस् न खर्कका गोठालाहरुको चिन्ता-
भेडाहरुलाई घाँस खुवाएर पाल्नै सकिएन

जब बढ्दै जान्छ भेडाहरुको संख्या
धान्दैन खर्कका घाँसहरुले
गोठ बनाउनु भएको छ भने
गोठभित्रबाट निस्कदैन
विचार, आदर्श, सिद्धान्त र प्रतिवद्धता
अर्थात् लुगा लगाएका र लाज मान्ने मानिसहरु
त्यसैले, गोठभित्रबाट आवाज आयो भने बुझ्नुस्-
घाँस र दानापानी हाल्ने बेला भयो
अर्थात् ख्वाउने हो, पाल्ने हो र देखाउने हो
ठूला झलझलाकार गोठहरु, र बडेमान भेडाहरु… ।

०००
चण्डाेल, काठमाडाैं
२०८१ चैत ५ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x