साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई घुर्की मेरी ज्यानलाई

उचालुँ धनुष ? फड्कारूँ ताँदो ? साँधु निशाना ? खसाल्दिउँ तीन तारा ? लु भन मेरी ज्यान तिमी तीन तारा घटेको थोते आकाश सहन सक्छौ त ?

Nepal Telecom ad

सुरेश राई :

घुर्की नं-१

हुन्छ एउटा प्रेमी
क्यामेरा भएको
जो विछ्यौनाका अन्तरंगहरू खिचौँ न भन्छ ।

हुन्छ एउटा प्रेमी
आँखा भएको
जो सुन्दर यौवनाहरू देख्यो कि
नजरको कारपेट बिछ्याई हाल्छ ।

हुन्छ एउटा प्रेमी
‘सूरत’ परेको ‘सीरत’ भएको
ठ्याक्कै मै जस्तो हौ ! मै जस्तो ।

तिमी त
भाग्यमानी रैछौ मेरी ज्यान !

घुर्की नं-२

उचालुँ धनुष ?
फड्कारूँ ताँदो ?
साँधु निशाना ?
खसाल्दिउँ तीन तारा ?

लु भन मेरी ज्यान
तिमी तीन तारा घटेको
थोते आकाश सहन सक्छौ त ?

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x