साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदर आन्दोलन

पानी र बियरको बोतलदेखि बिदेशी सोमरस सबै बाँदरका हातमा । मासुको पोका लिएर गएको बाँदरले झोला च्यातेर छरिदियो । गाजर, काँक्रा र मुलाको के कुरा ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

जंगलको छेउमा गाउँ र गाउँको छेउमा जंगल भएको ठाउँको कथा हो ।
त्यहाँ घरी बाँदरले दुःख दिन्थ्यो मान्छेलाई त घरी बाँदरले दुःख पाउँथ्यो मान्छेबाट । मान्छेले योजना बनाउँथे बाँदर धपाउने तर कतिपय मानिस बाँदरबाट आजित भएर गाउँ छाड्थे ।

बाँदर अध्ययन समिति, बाँदर भगाऊ संघ, बाँदर पीडित संघ, बाँदर क्षतिपूर्ति समाज आदि के के नामको संस्था गठन विघटन भइरहन्थे । बाँदरले जन्माएको संस्था बाँदरले बनाउने घरजस्तै हुनु स्वाभाविक हो ।

धेरैले करकर गरेपछि म पनि अध्यक्ष भएँ – बाँदर आन्दोलन परिवारको । बाँदरबाट पीडित परिवार हुनुपर्ने थियो तर बाँदरविद वा विद्वान बाँदरविदबाट जुराइएको नाम बाँदरमैत्री भयो ।

परिवारको निर्णय भयो – पिकनिकमा गएर बाँदर भगाउने योजना बनाउने । पिकनिकमा बुढाबुढी नै जाने भइयो । जोडी नभए जान नपाइने भएकोले खोजेर भए पनि जंगलमा भोजको मंगल गर्ने निर्णय भएको थियो ।

अध्यक्षपत्नीको फूर्ति नै धेरै, बाँदरर्नीलाई पनि मात दिने । वनमा भोज खान जाने महिलाहरुको फेसन कुनै अधिवेशनभन्दा कम थिएन ।

गाउँबाट निक्लेर जंगल र जंगलबाट निक्लेर गाउँ जानुपर्ने सडक । अलिकति टाढा जानुपर्ने थियो बाँदरको पहुँच नभएको ठाउँमा । अलिकति के निस्केका थियौँ, पिसापले निकासको निसाप माग्न थाल्यो । गाडी रोकियो । जहाँ गाडी रोकिन्छ त्यहाँ सबैको काम परिहाल्छ ।

अलमलको समयमा बाँदरको चलमल बढ्यो । गाडीको छतमा रहेका सामानहरु क्षतविक्षत पार्न थालिहाल्यो । चिउरा र भुजाको पोका एकै छिनमा रुखमा । पानी र बियरको बोतलदेखि बिदेशी सोमरस सबै बाँदरका हातमा । मासुको पोका लिएर गएको बाँदरले झोला च्यातेर छरिदियो । गाजर, काँक्रा र मुलाको के कुरा ।

हेर्दाहेर्दै सबै सखाप । ठुलो हुल थियो । केही बाँदरलाई केही पनि पुगेन अनि थाल्यो आन्दोलन । दाह्रा किटेर साह्रा बनाएर हामीलाई झम्टन र लखेटन के थालेको थियो, बल्लतल्ल गाडीमा छिरेर भाग्यौँ । अझै पनि बाँदरले लखेटेकै छ हामीलाई ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x