साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरै-कुरामा कुराका कुरा

कहिले फूल कहिले काँडा जस्तो। कहिले डामेको साँढे छाडा जस्तो। धेरै भइसक्यो कुराको नालिबेली तर कहिले हुँदैन कुरा पूरा । जति गर्दा पनि - कुरै कुरामा कुराका कुरा।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

कुराबाट मन नपरेको कुरा निकालेर
बचेको कुरामा कहिले विचारको
भाग लाउनु हुन्छ।
कहिले घटाउ,कहिले गुणा गर्दै
कुरा लम्ब्याउनु हुन्छ।
त कहिले छोट्याउनु हुन्छ।

कुरा त हो,
कुरै कुरामा उनले
मूल गर्नु पर्ने कुरा फुत्काउनु हुन्छ।
कुलो जस्तै भएर कुरो
उतै लाग्छ जता कोट्याउनु हुन्छ।

बनेको कुरा कहिले बिगार्नु हुन्छ
कहिले बिग्रन नदिइ स्वीकार्नु हुन्छ।
कहिले कुरामा टक्क अडिनुहुन्छ।
कहिले कुराले छक्क पर्नुहुन्छ।

उनका कुराले कहिले सत्य रोप्छ,
कहिले सत्य छोप्छ।
कहिले पीर त कहिले खीर दिन्छ
कहिले मुटुलाई नै घोच्ने तीर दिन्छ।

कहिले फूल कहिले काँडा जस्तो।
कहिले डामेको साँढे छाडा जस्तो।
धेरै भइसक्यो कुराको नालिबेली
तर कहिले हुँदैन कुरा पूरा ।

जति गर्दा पनि –
कुरै कुरामा कुराका कुरा।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x