साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाको गीत

मान्छेका भुसुना जहान घरमा भोकै र नाङ्गै मरुन् हाम्रै सन्ततिले विशाल धरती भोग्ने दिलासा गरुन् पारौँ पौरखले विशाल ढुकुटी सर्वत्रका भुस्कुट रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

खोजे खेद्न किसानले बलगरी बालेर राँको तर
खन्दै भव्य दुलो लुकेर रहुँला दामी बनाई घर
सक्छौँ मत्त भई पचाउन सबै खाएर कालो कुट
रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥१

थालौँ गर्न लडाइँ फोर्न ढुकुटी फैलेर चारैतिर
पैल्याई घर गोठ मन्दिर तथा गुम्बा सबै आखिर
हाम्रोलागि छ खन्न खान जति नै चाहेसरी नै छुट
रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥२

खोज्छन् पाल्न बिडाल मानवहरू पारौँ उछित्तो भनी
तर्साएर भगाउँछ्यौ सब मिली जाबो बिरालो पनि
धाबा बोल्नु छ जे गरेर जसरी फैलेर चारैखुट
रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥३

कोही टाढिनु हुन्न यो मिसनमा दोसामिसीमा परी
हाल्नुपर्दछ काँध आपस मिली एकत्व साङ्लो गरी
पोल्टो भर्न सबै जुटौँ अघि बढौँ यौटै बनाऔँ गुट
रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥४

मान्छेका भुसुना जहान घरमा भोकै र नाङ्गै मरुन्
हाम्रै सन्ततिले विशाल धरती भोग्ने दिलासा गरुन्
पारौँ पौरखले विशाल ढुकुटी सर्वत्रका भुस्कुट
रित्तो पार्नु छ यो भँडार जसरी आओ मुसा हो जुट॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x