साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महागुण्डा !

हजुरको अर्ती र उपदेश काम लाग्यो । जबसम्म बदमास थिएँ, कसैले पनि छोएन । अब सही बाटोमा लाग्छु भनेर कसम खाएपछि यहाँ लिएर आए । गुरुदेव, यही हो न्याय ?

Nepal Telecom ad

धनराज गिरी :

हेर्दाहेर्दै सज्जनराज गौतम बिरालोबाट बाघ भयो क्याम्पसमा । नाम सज्जन, तर यति दुर्जन भयो कि तह लगाउनै सकेनन् कसैले पनि । अति बलियो । धेरैलाई पिट्यो । धेरै धनीबाट पैसा असुल्यो । एउटा धर्म, नारीप्रति सदा उदार रह्यो । कहिल्यै कुनै पनि युवतीलाई जिस्क्याएन । छोएन । धनीको छोराहरूलाई खोजी खोजी धूलो बनायो।

अराजक, महागुण्डा, नाम पायो। पुलिस पनि, खोई किन हो, नजीक नपर्ने ! कसैले रिपोर्ट पनि गरेन । एक दिन, प्रोफेसर रत्ननारायण सुमेधाश्री गिरोपाध्यायको फेला पर्यो । किन ?हो किन यस्तो भएको सज्जन ? एकान्तमा सम्झाए । कारण बतायो । गुरुको चित्त बुझ्यो। कारण थियो, “आर्थिक शोषण र यौन शोषण ” एक सामन्तीद्वारा । न्याय पाएन। अनि ठोक्यो। समन्तीको हात भाँचेर छोडिदियो, सवुत नपाउने गरी । कानून उसले पनि बुझेको थियो ।

“हस् गुरुदेव, यस्तो जिन्दगी मलाई पनि मन परेको छैन, म पनि आफ्नो नामानुसार सज्जन हुन्छु।” कसम खायो।

तर, ऊ सरल र सज्जन त भयो, नक्कली आरोपमा जेलमा पुर्याइयो । सात वर्ष ! गुरु गए भेट्न। “महागुण्डा म, गुरुदेव, यो समाज यस्तै हो । हजुरको अर्ती र उपदेश काम लाग्यो । जबसम्म बदमास थिएँ, कसैले पनि छोएन । अब सही बाटोमा लाग्छु भनेर कसम खाएपछि यहाँ लिएर आए । गुरुदेव, यही हो न्याय ?”

“सज्जन, म छु । म पनि बुझ्दछु कानून । पीर नमान्नू ।”

प्रोफेसरले उसलाई छुटायो । पढायो, र आज ? १२ साल बित्यो। “प्रा डा सज्जनराज गौतम, अङ्ग्रेजी विभाग, कैलालीमा । यतिखेर “भिजिटिङ्ग प्रोफेसर बनेर” लण्डन पुगेको छ।

“महागुण्डा” यसरी कायाकल्प भयो, वाल्मीकि — उत्तरआधुनिक। “लीला यार नारायण लीला !” प्रोफेसर सुमेधाश्रीले नारायण अधिकारी धरावासीलाई यो कथा सुनायो।” प्याराडक्स दाजी, प्याराडक्स ! लीला, आजको गजल गज्जब !” नारायण ।

०००
चितवन, हाल : क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x