साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलामी

मनद्वारा खैचिएका मलामीहरु धनकारी अर्थात् यिनलाई सलामी पनि चढाउनुपर्छ । व्यति धनकारीभन्दा मनकारी मलामीको टिकाउपन ज्यादा हुन्छ । अर्थात् मनकारी मलामीहरु धनीमानी हुने खानेको पछि लाग्छन् ।

Nepal Telecom ad

शेषराज भट्टराई :

प्राण त्यागुवा प्राणीको पछि लागेर उच्छृङ्खलतालाई तिलाञ्जली दिँदै पाटमा बेरेर घाटमा पुऱ्याउने समूह ज्यानलाई मलामी भनिन्छ । ज्यूँदो छँदाको धुपौरे, दही-चिउरे, कार्यकर्ता, जन्त र आफन्त नै मर्दाका मलामी हुन् । प्राण छउन्जेल एक अर्काको वास्ता नगरे पनि मर्नासाथ सिनोमा गिद्ध ओइरिएकै झुम्मिएर बडो आर्तनादका साथ क‌ङ्कला रुवावासीको झ‌ङ्कारमा संस्कार सम्पन्न गर्नु मानवधर्म हो । घर, समाज राष्ट्रलाई मृतकको कारण दुर्गन्धित हुन नदिनु मलामीको अनुकरणीय गुण हो भनी ठोकुवा गर्न सकिन्छ ।

सचेत मानवको दृष्टि मरेका मान्छेमा मात्र सीमित हुँदैन नमरेकालाई पनि मर्न लाग्यो कि भनेर हेर्ने गर्छ। मान्छेले पशुप्राणीलगायत कुकुर, बाँदरलाई समेत मसानघाटमा लगेर सनाखत गर्ने गर्छ । बाँदरको मलामी पनि मान्छे नै जानुपर्ने कुराको प्रादुर्भाव जनकपुरको बौवा हनुमानले गरायो । राष्ट्रका जल्दाबल्दा, पञ्च, भलाद्‌मीहरूले पनि काम-मामलाई पर सारेर मरेकाको मलामी किन नजाने ? जाने । भरसक पुर्खाको मलामी जानैपर्छ । अन्यथा शक्त अशक्त सारा पुर्खाले धारेहात पारेर सराप्छन् । कसैले कसैको सरांप खानु भनेको स्वयं धरापमा पर्नु हो ।

आफ्‌ना पूर्वजले इहलोक त्यागेर परलोक जाँदा आफूलाई पनि किन बाँचे हुँ जस्तो लाग्छ । प्रायः हरेस खाँदा यस्तो लाग्ने गर्छ । महंगीले डंडेसो सेकेको छ । बाँच्न पनि अल्छी लाग्छ । जाँगर चल्ला र काम गरी पेटभरि खाउँला, घरले जा जा र बनले आइज आइज भन्दाखेरि सुखसुविधा ऐस आराम टाडैको करा हँदो रहेछ । काल नआएसम्म कनै पर्ने मर्न नपाइने, बाँच्ने मलामीका लागि सास्ती यो कस्तो प्रजातन्त्र ?

प्रत्येक मुर्दाको पछाडि मलामीहरू हुनु नौलो कुरा होइन । मानवले छिमेकी जगेडा राखेकै मर्दा पर्दा काँधमा हालेर मलामी जान हो । मृतकले हसुरेकै अन्नपानी धोकेर तड्पिएका मलामीहरूले कालान्तरमा मृतकले समाएकै बाटो अनिवार्य रूपले समाउनुपर्छ भने जिउँदो छु भनेर किन घमण्ड गर्ने । जिउँदाको जन्त जानु र मरेकाको मलामी जानु सामाजिक दायित्व हो । यसैको परिधिमा रहेर हामीले पनि विना निमन्त्रणा धेरेको मलामी गएर पैचो लाउन कर लाग्छ । किन कि आफ्‌नो मलामीको जोहो आफैले गर्नुपर्छ ।

धनी छ भने त्यो पटमूर्ख अन्तर्गत पर्छ । महानताको कसी र कडी धन होइन । बाँचुन्जेल पसिना बगाएर खाई नखाई आर्जेको धन मर्दा अलपत्र छोडेर जानु आफूमै लाजमर्दो कुरा हो। बाँच्दा दुनियाँबाट दुहेको सम्पत्ति, जुको भएर कमाएको धन मर्दा सुको नलिई गएपछि मलाई नरोकिने गरेर लहरे हाँसो उठ्‌छ । धनवान मान्छे मर्दा मलाई जहिले पनि हाँसोकै फोहरा फुट्यो, कहिल्यै आँसुको छहरा छुटेन । यसको विपरीत गरीब मर्दा मलामी जानुपर्दा क‌ङ्कला हाने स्वरले क्वाँ क्वाँ नरोएको दिनै भएन ।

मलामी जान कुनै बार्दाना छैन । वरिष्ठ मान्छे मरे मलामी हुन चिनजानको आवश्यकता पर्दैन । कनिष्ठ मरेको रहेछ भने नितान्त चिरपरिचित हुनुपर्छ, अन्यथा किन घुसिस् ? भन्न पनि सक्छन् । किनकि गरिबले खिलाउन पिताउन नसक्ने भएर नै पुछताछ गर्ने गर्छन् । यसको अलावा मलामी जान मलानी अनुभवको आवश्यकता पर्दैन । आकर्षक व्यक्तित्व होस् या सुसुपाल लिखुरे, सम्मानित होस् वा कल‌ङ्कित, मलामीका लागि सबै ग्राह्य हुन्छन् । परदेशीको नाम, दाम, काम लिएर पसिना बगाउने गुलामी पनि मलामीको कोटीमा पर्छन् । एक जिभ्रो, दुई जिम्रो, एक तिघ्रे, दुइ तिघ्रे, एक काने, दुई काने, एक माने वा दुई माने लाटो, बाठो, वृद्ध तन्नेरी, स्वजात, कुजात, सबै मलामी विवादरहित योग्य हुन्छन् ।

त्यसो त योग्यता भयो भन्दैमा किसिम, चरण र श्रेणी हुँदैन भन्न मिल्दैन । मलामीको पनि किसिम वा श्रेणी हुन्छ । १३ दिने मलामी जसलाई मुर्दाको ज्यादै निकटतम मानिन्छ । दोस्रो दर्जामा ५ दिनेलाई राख्न सकिन्छ । त्यस्तै ३ दिने मलामी, १ दिने मलामी, एक छाके मलामी, दुई छाके मलामी र अन्तमा धाके मलामी भनी किट्न सकिन्छ । जागिरलाई भै यिनलाई योग्यताले बाँध्ने र सविधानले छाँट्‌ने झन्झट गरिदैन । मलामी आजाद पंक्षी हो, जुन जता सुइँकिन पनि सक्छ । वास्तवमा मलामीको योग्यता भनेकै प्राण हो । प्रधाने पुग्यो । अर्थात् मलामी जीवित हुनै पर्छ । निर्जीव वा प्राणरहित मलामी प्यो भने निस‌ङ्कोच मुर्दासँगै एकै घान पारिन्छ ।

घर जलाएर खरानीको भण्डार गर्न तम्सिने मलामीहरू पनि हुन्छन् । व्यङ्ग्यकारहरूलाई (१३ दिनेको हैसियतले) एकमतले मेरो मलामी जान ह्वीप जारी त गरौँला तै पनि एकाध दुर्बुद्धिवालेको कारण मेरो ह्वीप मेरै लागि हानेकारक हुन सक्छ । किनकि अगाडि नमस्कार गर्नेले पछाडि तिरस्कार गर्न पनि सक्छन् । व्यङ्ग्यविद् लाजगालले पनि मेरो मृत्युमा मुख देखाउलान् तर नाटककारलाई त्यति चासो पर्दैन । फलतः निकटताको हिसाबले नाटककारलाई व्यङ्ग्यकारको जुठो ५ दिनसम्म नलाग्ला र ? मलामी मुक्तककार र निबन्धकारलाई तीन दिन जूठो लाग्ने बनाए कसो होला ? कवि कथाकारलाई एक दिन जूठो लाग्न सक्छ भने विविध विषयमा एकाघपटक हात हालेर सर्वज्ञ बनेलाई के भन्ने धाके मलामी ?

मलामी दुई किसिमले जुटाउन सकिन्छ एउटा मन या मानद्वारा र कड़ा घनद्वारा । मन अनि मानद्वारा तानिएका मलामीहरु मनकारी हुन्छन् भने मनद्वारा खैचिएका मलामीहरु धनकारी अर्थात् यिनलाई सलामी पनि चढाउनुपर्छ । व्यति धनकारीभन्दा मनकारी मलामीको टिकाउपन ज्यादा हुन्छ । अर्थात् मनकारी मलामीहरु धनीमानी हुने खानेको पछि लाग्छन् भने मनकारी मलामीहरु पछि लाग्छन् । त्यसैले मनकारी मलामी पुस्ती पुस्ता जगेडा राख्न सकिन्छ ।

मान्छे जन्मिएकै कुनै दिन मलामी या मुर्दा हुन । कोही अल्पायुमै देह त्यागेर पाटमा बेरिएर घाटमा पुन्याउन बाध्य बनाउँछन् । यस्तो अनिवार्य दिन या ऐच्छिक मरणमा मानवाधिकारवादीले चूँसम्म पनि बोल्न पाउँदैनन् । मर्नु प्राणीकाे अनिवार्य/कन्पलसरी धर्म हो भने मलामी जानु कम्पलसरी सामाजिक कर्तव्य ।

तथापि सामाजिक मर्यादा पालन गर्दा तातै खाउँ जल्दै मरूँ झैं आतुरीका साथ मुर्दाको पछि लागेर मलामी हिँड्दा अलिक घोरिएर वैधानिक मरणलाई मध्यनजर राख्दै मुर्दालाई कसी लगाएर आफू खाेटरहित, चोटरहित, पवित्र मलामीको परिचय दिन पछाडि नपर्नु होला नि अन्यथा मुर्दाले खनेको खाल्डामा स्वयं मलामीलाई पुर्दा अर्थात जेल कुर्दा कुर्दा लालीजाेवन खेर फाल्नुचाँहि मुर्ख्याइँ नै हुन्छ नि ।

०००
सर्वोत्तम गासिक (२०५६ कार्तिक)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x