साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको जय होस्‌

धन्न मुलुकमा भ्रष्टाचार मौलाएको छ र, भ्रष्ट जति सबैको गरिबी पनि नष्ट भएको छ नत्र त हाम्रो हालत कस्तो हुन्थ्यो होला ? भ्रष्ट र भ्रष्टाचारको जय होस भ्रष्टाचारको सुगन्ध झन् झन् फैलियोस् ।

Nepal Telecom ad

हरि कोर्काली :

धन्न मुलुकमा
भ्रष्टाचारको डढेलो दन्किएको छ
र, यत्राविधि महँगा महँगा–
स्कूल, कलेज खुलेका छन्‌
निजी अस्पतालहरू फले–फुलेका छन्‌
शहरको शोभा बढाउन भनेर
गगनचुम्बी भवनहरू उठेका छन्‌
व्यापारिक मलहरूमा विदेशी सामान
फटाफट् बिकेका छन्
मूल्य जतिसुकै चुलिए पनि
सुन पसलमा घुइँचो बढेकोबढेकैे छ
होटल र रेस्टुराँ तिर हुइँको चढेकै छ . .
सडकहरू जीर्ण छन् र पनि
अत्याधुनिक गाडीहरूले तिनको शोभा बढेको छ
हेर्दाहेर्दै नेपालीहरूको हैसियत
लाखौंका सुट र
करोडौंका घडी/चस्मा भिर्नेमा पुगेको छ
कर्मचारीहरू खाइलाग्दा, बिचौलियाहरू हाइलाग्दा र
व्यापारीहरू डाहीलाग्दा भएका छन्‌ ।

भ्रष्टाचारकै भरमा
नेपालीको बचत
स्वीस बैंकमा
र, लगानी विदेशी कम्पनीहरूमा पुगेको छ
भ्रष्टाचारले विकास हुन दिन्न भन्नेहरूकै अगाडि
भ्रष्टाचारमै टेकेर विकासले
ठूलो फट्को मारेको छ
र, अब चाँडै नेपालीले नै
समुद्रको पिँधमा
बस्ती बसाउने छन्,
चन्द्रमामा गएर
होटल चलाउने छन् र
मङ्गलतिर गएर घडेरी खुलाउने छन् ।

धन्न मुलुकमा भ्रष्टाचार मौलाएको छ
र, भ्रष्ट जति सबैको गरिबी पनि नष्ट भएको छ
नत्र त हाम्रो हालत कस्तो हुन्थ्यो होला ?
भ्रष्ट र भ्रष्टाचारको जय होस
भ्रष्टाचारको सुगन्ध झन् झन् फैलियोस् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x