साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार

हरुवा चरुवा नोकरहरू नाम चलेका जोकरहरू तपाईं हामी जस्ता भोगकरहरू सबैको सहभागिता हुन सक्छ टेण्डर खोल्ने तयारी हुँदैछ आजैदेखि योजना बनाऔं हामी सबै व्यापारी बनौं ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

व्यापारमा प्रायः लगानी गर्नुपर्छ
भनिन्छ व्यापार अपार हुन्छ
त्यसैले
केही युवाहरू
बुढा साहुजी हरूको दुकान छेवैमा
थप दुकान खोल्ने तयारी गर्दैछन्
बुढा व्यापारी मालामाल देखेर
तिनीहरू अचेल,
व्यापारमा निकै आकर्षित देखिएका हुन्
त्यो पनि बिना लगानीको व्यापार
जहाँ एक पैसाको पनि बिउ पुँजी चाहिन्न
बिक्रीका लागि माल खरिद पनि गर्नु पर्दैन
मात्र बेचबिखन गरे पुग्छ
यो यस्तो व्यापार हो
जुन व्यापारमा
अनुमति पत्र पनि चाँहिदैन
नविकरणको पनि आवश्यकता पर्दैन
राज्यलाई कर तिर्नु पर्दैन
कसैको भरपर्नु पर्दैन
कसैसँग डर मान्नु पर्दैन
अधिक झुट बोले अधिक आम्दानी हुन्छ
जुन व्यापारमा
मनका इच्छाहरू पुरा गर्न सकिन्छ
खान, लाउन, बस्न अनि
सबै प्रकारका मनोरञ्जनमा स्वतन्त्रता पाइन्छ
जुन व्यापारमा
मौरीको रानो बनेर
कर्मी मौरीको घेरा भित्र रहन पाइन्छ ।
जुन व्यापारमा
मनले खाएको जोडि नभेटिए
च्याप्प समाएर चड्काउन पाइन्छ
जुन व्यापारमा
जागिरे पिट्न पाइन्छ
‌मास्टर र पत्रकार तह लगाउने छुट छ
शौचालयमा मान्छे थुन्न सकिन्छ ।
यो व्यापारको विशेषता भनेकै
बिलो प्रथाको निरन्तरता हो
शिकारीहरूको संयुक्त शिकार जस्तै
भागसान्ती बिलोको बाँडफाँड गरिन्छ
त्यसैले यो गजबको व्यापारमा
युवाहरू मात्र होइन
हात चलाउने कलाकार
साहित्य लेख्ने साहित्यकार
कलम समाउने पत्रकार
थुतुनो चलाउने वाचालहरू
हरुवा चरुवा नोकरहरू
नाम चलेका जोकरहरू
तपाईं हामी जस्ता भोगकरहरू
सबैको सहभागिता हुन सक्छ
टेण्डर खोल्ने तयारी हुँदैछ
आजैदेखि योजना बनाऔं
हामी सबै व्यापारी बनौं ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x