साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुल्दुली …??

एउटा तक्मामा महावीरको पनि नाम छापिदेउन धर्ती उर्वर बनाउने किसानको कद नापिदेउन संख्यामा गन्ति गर्दै आफ्नै भीडभाड मात्रै हजुर ? श्रमले झर्दो पसिना केही बुँदमात्रै थापिदेउन !

Nepal Telecom ad

ई. कुमार खड्का :

मान, पदवी, तक्मा, विभूषण कसरी पाइने हो ?
योग्यता, मर्यादा र ल्याकतमा के के चाहिने हो ?
आजकल खसखस लाग्दोछ मनमा बहुत खुब,
या निराकार प्रभुको आशीर्वादलेनै लाइने हो ।? १

सयौं भारको हाजिरीमा थप व्ययभार देखिन्छ
कयौं अपराध र झुठ्मुट शक्ति, पैसाले चोखिन्छ
ताबेदारीको पर्दामा ठुलै नौटङ्की मन्चन जस्तै,
स्यालहरुको शास्त्रमा ब्वाँसाहरुको कथा लेखिन्छ । २

देहातका झुपडी राहतको कुराईमै जलेका छन्
घाइते आर्तहरु मलमपट्टी बेगर ढलेका छन्
निराशाको बिलखबन्दीमा ध्यानै नहुँदा कसैको,
अमूल्य जीवन बेवारिसी कुकाठ जस्तै गलेका छन् । ३

सीमाका यादव वीरको सिफारिस कतै देखिएन
देशभक्त गोविन्द गौतमको नाम कैले लेखिएन
कतै यो सपना हो ? या जालझेलको पगरी मात्र ?
दृष्टिभ्रम भएर हो कि, सद्दे, किर्ते केहि जोखिएन । ४

एउटा तक्मामा महावीरको पनि नाम छापिदेउन
धर्ती उर्वर बनाउने किसानको कद नापिदेउन
संख्यामा गन्ति गर्दै आफ्नै भीडभाड मात्रै हजुर ?
श्रमले झर्दो पसिना केही बुँदमात्रै थापिदेउन ! ५

०००
आलापोट, काठमाण्डौं ।
नमन, सर , भष्मासुरकाे वज्रकाे लागि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x