साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टोयलेट मोड़ (१९)

इन्सपेक्टर मौन उभिरहन्छ केही क्षण। अचानक ती दुइपट्टि फनक्क फर्केर फेरि चिच्याउँदै अनि थररर...) फ्याँक् एउटा बोरा...फ्याँक्... (टोयलेटबाबुले हतार हतार एउटा बोरा डाँड़ा कट्टाइदिन्छ)।

Nepal Telecom ad

कृष्ण प्रधान :

[दृश्य विवरण: स्थान टोयलेट मोड़ परिसर। समय राति। नेपथ्यमा नारा सुनिन्छ…मञ्चमा अँध्यारो छ। मान्छे दगरा दुगुर् गरेको आवाज। अँध्यारो मञ्चमा मान्छे भागाभाग गरेको आवाज। नारीहरू चिच्याएको आवाज। गाली गरेको आवाज। अँध्यारोमा पुलिसको बुटको गरप्-गरप् आवाज सुनिन्छ। टोयलेटबाबु र बले एक धुनमा मस्त भएर तास खेलिरहेका बेला गड़बड़े हस्याङ् फस्याङ गर्दै मञ्चमा प्रवेश र स्याँस्याँ हुँदै टोयलेटभित्र प्रवेश। पुलिस इऩ्सपेक्टर टर्च बाल्दै मञ्चमा प्रवेश। चारैतिर हेरेर एकेकवटा टोयलेटमा टर्च बाल्दै हेर्छ। एउटा टोयलेटबाट गड़बड़ेलाई छातीमा समाती बाहिर निकाली दुइ-तीन लट्ठी लाएर मञ्चको मध्यभागमा ल्याई केर्न थाल्छ। टोयलेटबाबु र बले जाराक्-जुरुक् उभिएर वाल्लै परेर हेरिरहन्छन्]।

इन्सपेक्टर : जुलूसबाट पुलिसलाई ढुङ्गा हानेर दुगुर्दै भाग्ने तँ होइन? (टोयलेटबाबु र बलेलाई ईङ्गित गर्दै) जुलूसमा मच्ची मच्ची नारा फ्लाक्ने तैंहरू होइनस् ?

टोयलेटबाबु : (डराउँदै) होइन सर! म ता बिहानदेखि नै यही टोयलेट रूङेरै बसिरहन्छु। मैले ता आजको जुलूसको अनुहारै देखेको छैन सर। लुटी ल्यायो भुटी खायो गर्ने मान्छे जुलूसमा गयो भने कुतुक्स (भोजन) कसले दिन्छ सर?

इन्सपेक्टर : (बलेको छात्ती झक्झकाउँदै) उफ्री-उफ्री नारा भट्याउने तौं होस् होइन ?

बले : (जम्लेहात गर्दै) म ता नारा लाउनै सक्दिनँ हजूर।

इन्सपेक्टर : (एक लात हान्दै) शाला…ढाँटछस् ? नारा लाउन सक्दैनस् अरे…. ।

टोयलेटबाबु : (बलेको आड़ लिएर) बिचारा बलेले ठ्याम्मै नारा लाउन सक्दैन नि सर।

बले  : हो हजूर (फोल्डिङ दाँत फुकालेर देखाउँदै) यी हेर्नोस् मेरा फोल्डिङवाल दाँत। यो फोल्डिङ दाँत झर्छ भनेर म सारो बोल्दिनँ। टोयलेटमा पनि ठ्याम्मै कन्दै कन्दिनँ। हजूरलाई किन ढाँट्नु ? पादनु पनि बड़ो हिसाबले स्लो मोशनमा पाद्छु। चालिस किलोमिटर स्पीडमा गयो भने ता फोल्डिङ दाँत उछिट्टिने डर। अन्त यस्तो रिस्क लिएर कसरी नारा फ्लाँक्नु हजूर ?

इन्सपेक्टर : (कड़्केर) जुलूसबाट सीआरपीएफलाई ढुङ्गा हान्ने? (तीनैजना वरिपरि परिक्रमा गर्छ। तीनैजना चूप। (गड़्बड़ेलाई फेरि डण्ठाले घोंच्दै)

गड़्बड़े : (डराएको भावमा) होइन सर! होइन। म जुलूसमा गाकै थिइनँ। बिरामी आमाको दबाई किन्नु थाना लाइन गाको थिएँ सर…लुज मोशन भएर जुलूसकै छेउबाट दुगुर्दै यहाँ आको सर…….

इन्सपेक्टर : (कुरा काट्दै जोरले चिच्याएर) ढाँट्छस् ? (एक लात हान्छद्) भन् तँ जुलूसमा गइस् कि गइनस् ?

गड़्बड़े : विश्वास गर्नोस् सर। जुलूसमा जाँदै म जाँदै गइनँ…. ।

इन्सपेक्टर : चूप ! आतङ्कवादी साला…. ।

गड़्बड़े : आफ्नै हक र अधिकारको निम्ति लड़्दा पनि आतप्रकवादी ? देश स्वतन्त्रताको निम्ति हाँसी – हाँसी फाँसीको सुलीमा चढ़्ने दुर्गामल्ल, भगतसिंह, सुखदेव, चन्दªशेखर, खुदिराम सबै नै आतप्रवादी हुन् ता ? झर्झराउँदा निर्दोष, छलकपटविहीन हाम्रा युवा साथीहरूमाथि निर्विचार गोली ठोक्नेहरू र ठोक्न लाउनेहरू धोतीवादी हुन् कि आतङ्कवादी हुन् सर !

इन्सपेक्टर : (कराएर) चूप। यो कुरो नसोध् मलाई। सोध्नुपर्ने ठाउँमा गएर सोध् शाला। (गड़्बड़ेको भुँड़ी डण्ठाले घोंच्दै) नहाँक् तेरो थोत्रे, बगम्फुसे डायलग। (मञ्च विस्तारै अँध्यारो हुन्छ। गड़्बड़ेलाई पुलिसले टर्चर गरेको घाइते आवाज मञ्चभरि छरिन्छ। गड़्बड़ेको चित्कार सुनिन्छ। एकक्षणपछि मञ्च फेरि उज्यालो हुन्छ – भूइँमा लोटिरहेको गड़बड़े अचानक उठेर भाग्न खोज्छ। नेपथ्यतिर हेर्दै) सीआरपीएफ ठोक सालालाई…यो भाग्न नपावोस्।

(फेरि म़ञ्च अँध्यारो हुन्छ। बत्तीको उज्यालोले गड़्बड़े भूइँमा लोटेको देखिन्छ। चारैतिरबाट गड़्बड़ेको जीउमा सीआरपीएफको बुट वर्षेको देखिन्छ)।

गड़्बड़े : (असह्य पीड़ाले छटपटिँदै) आय्या…आय्या…माऱ्यो मलाई सरकारी गुण्डाहरूले … आय्या… (मञ्च फेरि म€ अँध्यारो हुन्छ। अचानक चार पाँचपल्ट लगातार गोली पड़्केको आवाज सुनिन्छ। म€ञ्च हल्का उज्यालो हुँदा आधा मञ्च र आधा नेपथ्यमा आएर गड़्बड़े ढल्छ। यतिबेला उसैमाथि मात्र बिजुली पर्छ। फेरि मञ्च अँध्यारो हुन्छ। यतिबेला पुलिसहरू दुगुर्दै गएर उमाथि लट्ठी प्रहार गर्छन्। मञ्च उज्यालो हुन्छ। एकक्षण छटपटिएर गड़्बड़ेले ज्यान गुमाउँछ। टोयलेटबाबु र बले बिलखबन्द परेर एकै ठाउँमा अललिरहन्छन्)।

नेपथ्यबाट : (अत्तालेको स्वरमा) सर…ससर…यो मऱ्यो सर….. ।

इन्सपेक्टर : (नेपथ्यतिर हेर्दै) कन्फर्म्ड मऱ्यो होइन ?

नेपथ्यबाट : येस सर….हि इज नो मोर।

इन्सपेक्टर : बोरामा हाल् सालालाई….बहुत फटर-फटर गऱ्यो सालाले…(टोयलेटबाबु र बलेलाई हेर्दै कड़्केर) तँ दुइजना के हेरिबस्छस् ? जा छिटो बोरा लिएर आइज…(पिस्तोल उज्याउँछ। दुवै डरले म€ञ्चको एक एक कुनाको नेपथ्यतिर अत्तालिँदै एकेक वटा बोरा लिएर प्रवेश। दुइवटा बोरा देखेर इन्सपेक्टर अट्टहास गर्दै मञ्चै थर्काउने गरी) हा….हा….हा…..दुइ दुइवटा बोरा ? त्यो पनि दुइ दुइ वटा? दुइ दुइवटा बोरा के गर्नु ? के गर्नु ? एउटामा यो आतङ्कवादीको लाश। अर्को बोरामा ? कसको लाश हाल्नु ? (टोयलेटबाबु र बलेलाई पिस्तोल ताक्दै) भन्…भन्…एउटा खाली बोरामा कसको लाश हाल्नु ? (पहिले टोयलेटबाबुको कन्पटमा पिस्तोलको नोक राख्दै) तेरो लाश ? (टोयलेटबाबु डरले थुरथुर काम्दै अस्वीकारात्मक मुण्टो हल्लाउँछ। त्यसपछि बलेको कन्पटमा पिस्तोल राख्दै) तेरो लाश ? (बले थुरथुर काम्दै अस्वीकारात्मक मुण्टो हल्लाउँछ)। दुवैजना होइन भन्छन्… (इन्सपेक्टर मौन उभिरहन्छ केही क्षण। अचानक ती दुइपट्टि फनक्क फर्केर फेरि चिच्याउँदै अनि थररर…) फ्याँक् एउटा बोरा…फ्याँक्… (टोयलेटबाबुले हतार हतार एउटा बोरा डाँड़ा कट्टाइदिन्छ)।

(मञ्च फेरि अँध्यारो हुन्छ… लाशलाई बोरामा हालेको…अनि सीआरपीएफहरूको हात मात्रै देखिन्छ।

नेपथ्यबाट :  (मञ्च अँध्यारै अवस्थामा) सर यो लाश के गर्नु सर ?

इन्सपेक्टर : (नेपथ्यतिर हेर्दै…पागलजस्तो भएर) के गर्नु ? सुकुटी बनाएर चिरिपसित खाने हो ? चूपचाप गाड़ीमा हाल् अनि लगेर टिस्टामा फ्याँकिदे।

नेपथ्यबाट : सर। यो पड़्केको लाश ता डरलाग्दो गह्रौं पो छ ता । कसरी लानु सर ?

इन्सपेक्टर : (कम्पन स्वरमा) घिसारेर लैजा…अन्त भ्यानमा हाल्। (अँध्यारो मञ्चमा सीआरपीएफहरूले सकी नसकी लाश घिसार्दै लगेको मात्र देखिन्छ। वातावरण सुनसान…मौन हुन्छ। नेपथ्यमा पुलिस गाड़ी स्टार्ट भएको सुनिन्छ। गाड़ीको प्रकाशले मञ्च उज्यालो हुन्छ। टोयलेटबाबु र बले मञ्चको एक कुनामा डल्लो परेर काम्दै बसिरहेका देखिन्छन् ।)

इन्सपेक्टर : (मञ्च वरिपरि पिस्तोल उज्याएर स्याँ-स्याँ गर्दै यताउति गरेको देखिन्छ। चारैतिर पालाक्- पुलुक् हेर्छ। टोयलेटबाबु र बलेको वरिपरि परिक्रमा गर्दै) कान खोलेर सुनिराख् तिमीहरू दुवैजनाले। आज यो टोयलेट मोड़ एरियामा जे भयो त्यसबारे ठ्याम्मै मुख नखोल्लास्। बुझिस् ?

दुवै : (थरथरी काम्दै स्वीकारात्मक मुण्टो मात्र हल्लाउँछन्)।

इन्सपेक्टर : यहाँ पुलिस आको…गोली चलाको – एकजना ढलेकोबारे कसैलाई पनि बताइस् भने तँहरूको गति यस्तै हुनेछ। गोली लागेर छटपटिएको देखिस् होइन ?

टोयलेटबाबु : (थरथरी काम्दै) हामीले केही देखेनौ भन्छौं हजूर।

इन्सपेक्टर : गुड। पत्रकारहरूलाई ता मुखै नखोल्लास्। सारै गर्याे भने पार्टी-पार्टीको लड़ाइँ भन्लास्। (बलेको पूर्पूरोमा पिस्तोल राख्दै) अनि तँ चाहिँ के भन्छस् ? बाई चान्स पत्रकारहरू आएर सोध्यो भने… ।

बले : (दुइ हात जोरी थरथर काम्दै) यहाँ पुलिस पनि आको थिएन…गोली पनि चलेन…एक जना पनि ढलेन…हामीले एउटै बोरा पनि ल्यानौं। कसैको लाशलाई पुलिसले बोरामा पनि हालेन अनि तिनेरकै गाड़ीमा लगेर टिस्टा नदीमा पनि फ्याँकेन… ।

इन्सपेक्टर : (बलेलाई लड़ाएर छातीमा लात राख्दै) चूप। त®ले ता यहाँ भएको घटना नै पो सबै भट्याउँदैछस् ता नाथे। धेर नबोली यहाँ त्यस्तो केही भाको छैन मात्रै भन्लास् बुझिस् ?

बले : (हात जोड़्दै) बुझें सर…बुझें…बुझें।

इन्सपेक्टर : के भन्छस् अरे ? फेरि भन् ता एकपल्ट।

बले : (कराएर) यहाँ केही पनि भाको छैन।

इन्सपेक्टर  : यस। (बलेलाई) जा…लाश ढलेको ठाउँको रगत पुछिदे। (बले डराउँदै लाश ढलेर रगतपच्छे भएको ठाउँतिर अघि बढ़्छ ।)
क्रमशः

०००
सिलिगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x