साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती आयाे

हात्ती आयो हात्ती आयो फुस्सा तर कुकुर भुकिरहेका छन् यो नगरपालिका पनि कस्तो ? जाबो कुकुर नियन्त्रण गर्न सक्दैन ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

सपनामा हात्ती आयो
कुकुरहरु चोकमा निस्किएर
तमासले भुके
खुला र बेवारिषेहरु
लुतो ग्रस्त आरिसेहरु
हात्ती पछारौंला झैं भुके
मालिकको काखका भोक्ताहरु
कौसी र बार्दलीबाटै भुके
तर हात्ती बेवास्ता प..र कुइँनेटोबाट उतै लाग्यो ।

हात्ती आउँदा
बन्धनका गाईहरु पनि ठाडा कान लगाए
तर कराएनन्
खोरका बाख्राहरु पनि सतर्क भए
तर डराएनन्
रुख रुखका चराहरु
दुख सुखका बचराहरु
कोहि कतै आत्तीएनन्
बरु खिच्चाहरु बेलगाम
एकोहोरो कराइ रहे
आवाजले ब्युँझिएछु
धत् दिउँसै पो निदाइएछ !

हात्ती आयो हात्ती आयो फुस्सा
तर कुकुर भुकिरहेका छन्
यो नगरपालिका पनि कस्तो ?
जाबो कुकुर नियन्त्रण गर्न सक्दैन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x