साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष र पुराना फाेहरहरु

फोहोर तलाउमा तल झरेर मैला छ्यापाछ्यापमा तल्लीन भए यस्तो बेला म पनि अछुतो बन्न सकिनछु अन्तरमनमा भत्किएका कुँडिएका जालो लागेका अझै छन् अरुलाई छ्यापेका मानसिक बिष्टाहरु कसरी पो साफ गर्नु ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

ए नयाँवर्ष आएछ ?
मेराे पनि शुभकामना छ है हजुर !
हैट ! मेरो पनि सुद्धी
मस्तिष्कभरि पुरानै फोहोर छन्
कसरी पो साफ गर्नु ?

हिजै त हो मैले एउटालाई बेस्कन गाली गरेको
तँ….. फलानु ….. फलानावादी
तँ …. ढिस्कानु ….. फलानुमारा
घिनलाग्दा
विभत्स
ट्वाइलेटनिरका
तेरो बाबु फलानु
तेरो आमा ढिस्कानु
तेरो बाजे …….. ?
तेरो बराजु ……..?
कुहेका शब्दहरुको डम्पिङले
पुरै फेसबुक
पुरै ट्विटर
पुरै युटुब
ठस्ठसी गन्हाएको छ
अझै मस्तिष्कमा बाँकिछन्
कुहेका कुण्ठाका किटपतङ्गहरु
कसरी पो साफ गर्नु ?

धेरै विद्वानहरु
ठुला दार्शनिकहरु
विश्वविद्यालयका उपाध्यायहरु
मुनिहरु
ऋषिहरु
महर्षिहरु
गालीका शब्दहरुको सम्मोहनमा लठ्ठ भएर
बिनका सर्पहरुझैं देखिए
सुचनाको चौरस्तामा उभिएका कागजे कटुवालहरु
फोहोरी समाचारको बस्त्रमा लपेटिए
राजनेताहरु
फोहोर तलाउमा तल झरेर
मैला छ्यापाछ्यापमा तल्लीन भए
यस्तो बेला म पनि अछुतो बन्न सकिनछु
अन्तरमनमा भत्किएका कुँडिएका जालो लागेका
अझै छन् अरुलाई छ्यापेका मानसिक बिष्टाहरु
कसरी पो साफ गर्नु ?

०००
गाैरादह, झापा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x