साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाएर कालो धन

झुप्रो एक थियो ढल्यो विगतको प्रासाद अर्कै बन्यो भेट्टाएँ सरकारबाट सुविधा प्राडो पजेरो भन्यो भ्रष्टाचार रहेछ राष्ट्र धनको भण्डारको उल्झन भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आफ्नै पौरखबाट शोभित बनी चल्दै थियो जीवन
भ्रष्टाचार गरेर हाय सुतले गल्ती गर्‍यो बेस्कन
पीडामा कति वृद्ध छन् विरहले बस्ने कुँड्याई मन
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥१

काट्छन् बात पछाडिबाट सबले गर्छन् इसारा अनि
धारेहात लगाउँछन् पर हुँदा भन्छन् मरेस् नै भनी
यो नेपाल लुटेछ हाय! कसरी पारेर ढुङ्गेमन?
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥२

गर्छन् सज्जन लोक घुसधनको अत्यन्त निन्दा जहाँ
ठान्छन् सन्त महन्थ पण्डितहरू गोमांस जस्तै यहाँ
यस्तो शुद्ध समाजमा कलुषको के मान होला भन?
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥३

धेरैको घरको कथा छ अहिले अत्यन्त विष्मातको
निन्दा गर्न समस्त लोक ठडिए सारा खुराफातको
भ्रष्टाचार गरेर जो जति बने हुन् देशका दुस्मन
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥४

रातीमा घर फिर्छ त्यो दिनदिनै बोकेर झोला पनि
नेताको म पिए भनेर सबको खाएर सातो अनि
लौ अन्याय गरेर देश जनको साह्रै गर्‍यो दोहन
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥५

झुप्रो एक थियो ढल्यो विगतको प्रासाद अर्कै बन्यो
भेट्टाएँ सरकारबाट सुविधा प्राडो पजेरो भन्यो
भ्रष्टाचार रहेछ राष्ट्र धनको भण्डारको उल्झन
भन्छन् वृद्ध हुलेछ नर्क सुतले खाएर कालो धन॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x