साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुहारी गान

हडताल गर्ने काम ता हाम्रो मात्रै हुन्छ तिमीजस्ता गुरुबाउको कुरा कस्ले सुन्छ सरकार यसै भन्छ हेरी हेरी दाउ लौ न छिटो गाउँतिर जाऊ न गुरु बाउ जाऊ न गुरु बाउ घर जाऊ न गुरु बाउ ।

Nepal Telecom ad

हाेम सुवेदी :

हडताल गर्दाखेरि बढेको छ भाउ
ठाडा जुँगा मठारेर लगाऊ आफ्नो ताउ
नाचगान गरी गरी सडक थुनेर
मिठा गीत गाऊ सिच्छेक मिठा गीत गाऊ ।।

नाच गान सक्नू अनि गाउँतिर फिर्नू
इस्कुलतिर फिरेपछि हाम्रो झोला भिर्नू
मन्डलामा नाच्तानाच्तै दुखे होलान् पाउ
सरकार भन्छ आस्वासनको झोला भिरी जाऊ
लौ न छिटो गाउँतिर जाऊ न गुरु बाउ
जाऊ न गुरु बाउ घर जाऊ न गुरु बाउ ।।

भर्ना गर्न छोराछोरी बोर्डिङ लानुपर्छ
त्यस्ता लन्ठु इस्कुलमा कस्ले भर्ना गर्छ
जागिर मात्र खाने ठाउँ हो इस्कुल हुन्छ चाम्रो
सुविधाका लागि हड्ताल चलेको छ हाम्रो
मन्डलामा नाच्तानाच्तै दुखे होलान् पाउ
सरकार भन्छ आस्वासनको झोला भिरी जाऊ
लौ न छिटो गाउँतिर जाऊ न गुरु बाउ
जाऊ न गुरु बाउ घर जाऊ न गुरु बाउ ।।

हडताल गर्ने काम ता हाम्रो मात्रै हुन्छ
तिमीजस्ता गुरुबाउको कुरा कस्ले सुन्छ
सरकार यसै भन्छ हेरी हेरी दाउ
लौ न छिटो गाउँतिर जाऊ न गुरु बाउ
जाऊ न गुरु बाउ घर जाऊ न गुरु बाउ
जाऊ न गुरु बाउ घर जाऊ न गुरु बाउ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x