साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारसँग डर लाग्छ

आफ्नै कहानीमा रुमलिन्छ ऊ महत्व आफैँलाई दिन्छ ऊ भन्न सक्दिन उसको उपस्थित अवसर लाग्छ साँच्चै आमा ! मलाई सरकारसँग डर लाग्छ !!

Nepal Telecom ad

उत्तम विचार :

म शब्द खेलाउँछु
ऊ नलेख भन्छ
म बोली बिसाउँछु
ऊ नबोल भन्छ
र पनि मलाई
अभिभावक भन्न कर लाग्छ
हो आमा !
मलाई सरकारसँग
डर लाग्छ

ऊ लोकतन्त्र अलाप्छ
म मूलमन्त्र सम्झाउँछु
ऊ गणतन्त्र अलाप्छ
म उसकै गीत गाउँछु
म अधिकार माग्न
सडकमा पुग्छु
ऊ घरका छतबाट
अश्रुग्याँसका सेल बर्साउँछ
म गल्लीमा हिँड्दै गर्दा
ऊ बन्दुकको नाल तेर्स्याउँछ
देख्दैन जिउँदै जल्न
बाध्य पत्रकार
सुन्दैन नागरिकको
चीत्कार
वास्तवमा
ऊ निकै अभर लाग्छ
हो आमा !
मलाई सरकारसँग
डर लाग्छ

कसरी भुल्न सक्छ्यौ
आमा !
तिम्री छोरी
निर्मला पन्तमाथिको
जघन्य अपराध
यो देशमा सरकार
सजीव थियो भने
न्याय पाउने थियौ
तिमीले
ऊ मरिसक्यो
मानौँ
ऊ भूत हो
त्यसैले त
तर्साउँछ घरीघरी
उसले जे बोल्यो
भन्नुपर्ने छ सदर लाग्छ
हो आमा !
मलाई सरकारसँग
डर लाग्छ

न्यायालय
उसकै चङ्गुलमा छ
ठान्छ परिवर्तन
आमूलमा छ
भोकानाङ्गा
देख्दैन ऊ
गरिबका कथा
लेख्दैन ऊ
आफ्नै कहानीमा
रुमलिन्छ ऊ
महत्व आफैँलाई
दिन्छ ऊ
भन्न सक्दिन
उसको उपस्थित
अवसर लाग्छ
साँच्चै आमा !
मलाई सरकारसँग
डर लाग्छ !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x