साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाैरादह

दुनियाँकाे चासाे चियाउँनेहरुकाे स्टाटसमा फरक मान्छे प्रतिकाे प्रतिवादी ढुकाइ सुनिन्छ कृत्रिम बाैद्धिकताकाे श्यामकर्ण अश्वमाथि आत्मसन्तुष्टिकाे काठी कसेर स्वादका सिर्कना बर्साइरहेछ गाैरादह ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

भर्खरै काठकाे झाेडा उखेलेर
सिमन्टीकाे झाेडा राेप्दै गरेकाे
भर्खरै काठकाे पाटीमा कुँदिएका
फलामका अक्षरहरु
उपेक्षाकाे पुछ्याैटाेले छाेप्दै गरेकाे
एक सियाल घाम बाेकेर
कन्टेन्टमा हाेइन क्यारेक्टरमा
आक्राेस पाेख्दै गरेकाे
एक पाकाे जिन्दगीले
बजारका डिलमा बसेर
बर्तमानलाई गाली गरिरहेकाे
एक बिंडा समय जस्तै छ गाैरादह ।

पढेका डिग्रीहरु
मराउमा सराउ लेख्न मात्रै काम लाग्ने भए
सम्पूर्ण आकाश चहारेर भुईंमा पछारिएकाे
परेवाकाे हालत जस्तै छ जिन्दगी
न आफू उड्न सक्छ न प्राण उड्न सक्छ
मनभरि मडारिएका असन्तुष्टिका गुम्फनहरु
छाडा गालीभएर निस्कन खाेज्छन्
एका विहानै प्राेपाेगण्डाकाे व्यापार पसारेर
चिया दाेकानमा
आत्म सन्तुष्टिकाे नाफा कमाइरहेकाे
म जस्तै छ गाैरादह ।

खाडीमा जिन्दगी बेचेर
सटहीमा माेटाएकाे रकमले साटेकाे
सिटी सफारीले
विहानै चाैकमा मान्छेकाे यात्रा ताैलन्छ
हरेक ओहाेर दाेहाेरकाे निरपेक्ष रिणी भएर
प्रत्येक आँखासंग प्रश्न छ्यापीरहेकाे
अटाे माेबाइल आशा भएकाे छ गाैरादह ।

विगतमा थुप्रै लासहरु र आगतका आशहरु
परिचयकाे झुण्डिलाे भिरेर
वर्तमान उघ्राइरहेकाे पाेखरी छ
ओइलाउँदै गरेकाे विश्वासका मुनाहरु
पिराे निश्वास पिउन बाध्यछन्
यसैमाथि राजनीतिकाे हिलाे खेलिरहेकाे
बेमाैसमकाे किच्किचे झरी छ
अपाच्य दुर्भक्षमा रमाइरहेकाे
जङ्गे लाैराे समाइरहेकाे
अटेरी अभिमान भएकाे छ गाैरादह ।

माेटाे सिक्रीले बाँधिएको कुकुरकाे धमासमा
पर्दाभित्रबाट मालिककाे भुकाइ सुनिन्छ
आग्रहकाे चश्माबाट दुनियाँकाे चासाे चियाउँनेहरुकाे स्टाटसमा
फरक मान्छे प्रतिकाे प्रतिवादी ढुकाइ सुनिन्छ
कृत्रिम बाैद्धिकताकाे श्यामकर्ण अश्वमाथि
आत्मसन्तुष्टिकाे काठी कसेर
स्वादका सिर्कना बर्साइरहेछ गाैरादह ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x