साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरीकुरी बिजुली बत्ती !

हाम्रो नै कमजोरी हो इन्भर्टर नकिन्नु त्यो बत्ती लाल्टिन जोहोमा राखे काम हुने थियो । मैन बत्ती कि वा बालौँ पालामा वा टुकी गरी राज्यको भरमा पर्नु गल्ती हाम्रो सरासरी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

गएको मात्र के देख्छौ साथी हो बिजुली यहाँ
आएको पनि हो उत्ति साथी हो बिजुली यहाँ ।
जानेको चिन्तना छोडौँ आउला र कहाँ न गै
आएकोमा गरौँ गर्व जाओस् आओस् सधैँ सधैँ ।

खिया लाग्यो कि पुर्जामा जोडिराख्दा निरन्तर
घाट पेच बसे हुन् कि खोली हेर्छन् छ के भर ।
मौकामा नगरे जाँच पुर्जा ती बस्न सक्तछन्
चेक जाँच गरौँ भन्दै खोलेका पनि वा हुनन् ।

निद्रा हुन्न कसैलाई उज्यालो बालियो भने
अँध्यारोमा परे बानी त्यो बन्दी गृहमा उनी ।
नासोको पद हो नासो जोगाई राख्नु कर्म छ
उसै शङ्का गरे लङ्का बिथ्थामा जल्न पर्दछ ।

कस्तो सिस्टम हो हाम्रो इष्टिमेटविना गयो
हिजो नाफा थियो भन्छौ घाटा वास्तवमा थियो
घाटा नाफा कहाँ हुन्थ्यो नातामा बात जेलियो
काखीको च्यापियो आफ्नो संयन्त्र घातमा गयो ।

हाम्रो नै कमजोरी हो इन्भर्टर नकिन्नु त्यो
बत्ती लाल्टिन जोहोमा राखे काम हुने थियो ।
मैन बत्ती कि वा बालौँ पालामा वा टुकी गरी
राज्यको भरमा पर्नु गल्ती हाम्रो सरासरी ।

समस्या घरमा भन्दा विशिष्ट राज्यमा हुने
चाहियो भन्दछौँ व्यर्थै खाँचो के राज्यको दिने ।
उज्यालोमान चाहिन्न अँध्यारोमान चाहियो
सबैको पेट खानाको सबैमा खान चाहियो ।

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x