साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दूधको साक्षी

साह्रै सङ्कट भोग्दछौँ समयका हामी बिरालाहरू बाँच्नै मुस्किल हुन्छ सज्जन बने गर्ने यसै हो बरु नेता लुब्ध भएर यो मुलुकको रित्ता बनाए कुँडे हामीमा अबगाल आउन पुग्यो चोखा बनेका भुँडे ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

साह्रै नै प्रिय लाग्छ दूध रसिलो केही पकाए पछि
जिम्मा आज मिल्यो हिफाजत गरेस् भन्दै अह्राए पछि
भान्सामा छ कुँडे र दूध यसको रक्षा गरी बस्दछु
मौका आउँछ पर्खिए पछि भनी कुर्दै बसेको म छु ।

मेरा मालिक कामका समयमा टाढा गएका घडी
मौका आउन सक्छ एक छिन ता कुर्दै बसेका घडी
त्यो बेला म सुटुक्क चोर्न सकुँला यो दूध केही पछि
आशामा म बसेँ यतै नजिकमा के हुन्न पर्खे पछि ।

मेरो भोजन मांस हो मुषक ती खोजेर मार्ने थिएँ
मान्छेका भ्रम जालमा फसिसकेँ उम्की नसक्ने भएँ
मेरो छैन बुता दुहेर यसको थान्को लगाई पिऊँ
बानीले अब दास यो सयलको बन्दी भई थन्किऊँ ।

बारी खेत थिए अगाडि सबका खेती असाध्यै हुने
बाली अन्न भराभरी सदनमा राख्दा मुसा धाउने
खेती लाउन आजभोलि जनले छोडे पटक्कै यहाँ
चारो पाउन आज दुर्लभ भयो बाँच्थे मुसा के यहाँ ।

मेरो बालक कालको पल बित्यो मान्छे सँगैमा रही
ख्वाए दूध र भात पौय्टिक मिठो बानी बसाए यही
मैले सन्त बनेर आज यसको रक्षा गरी बस्दछु
मौका मिल्दछ पर्खिएँ यदि भने स्वाट्टै कुँडे पार्दछु ।

साह्रै सङ्कट भोग्दछौँ समयका हामी बिरालाहरू
बाँच्नै मुस्किल हुन्छ सज्जन बने गर्ने यसै हो बरु
नेता लुब्ध भएर यो मुलुकको रित्ता बनाए कुँडे
हामीमा अबगाल आउन पुग्यो चोखा बनेका भुँडे ।

०००
बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x