साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर नभएको रहर

विद्वान देखिनु मात्रै भए पनि नर्मल लुगा, काँधमा झोला बोकेर हिँड्ने रहर पूरा गरेको छु। साहित्यलाई के दिए भनेर सोध्ने फुर्सद नभएपछि आजकल साहित्यले मलाई के दियो भनेर प्रश्न गर्ने भएको छु।

Nepal Telecom ad

 कृष्ण शर्मा सुमु :

लक हुनू भनेको च्यापु लक नसोच्नु होला।अंग्रेजी शब्दकोशमा लक भनेको ताला रहेछ। दुनियाँ चन्द्रमाँमा पुगेर नुन खाने बेलामा म भने आकाशमा जुन कसरी अड्केर बसेको छ भन्दै सोच्नु सिवाय हामी मध्यम वर्गकोमा के नै पो रह्यो र ?

तमाम कुराहरू एकैसाथ व्याकरणविद जस्तै भाषालाई खोताल्नु पनि आठ पासले सात पासलाई स्कुलको होमवर्क गराएको जस्तै हो।आफू नै महादेव कसले दिने वर, भने जस्तै भएको छ। शब्दको नालीबेली केलाउनु थाले, कसैले नयाँ नेपाली प्रयोग हुनू पर्छ भन्नथाले कसैले पुरानो नेपाली प्रयोग गर्नु पर्छ भन्नथाले। धेरै दिन पेपर भरि यही चर्चा परिचर्चा आयो। आफू पनि भुत्ते मान्छे यसो जागर चल्दा कतै कवि हुने रहर पूरा हुन्छ कि भनेर यसो लेखिपठाउँछु। विषय नयाँ व्याकरण अनि पुरानो व्याकरणको चर्चा अनि तर्क पढे। गाउँमा निकै जान्ने भएर अफिस पनि खोली पठाए पो। अरूबेला त उस्तै हो भतुवा कुकुरको गन्ती आउला बाटोमा तर मेरो आउँदैन तर भानु जयन्तीको दिन भाषा प्रेमी युवा कवि भनेर निकै चर्चा हुन्छ र म गजक्क भएर गाउँमा बस्नु पाएको छु नभए त बुढियाले तिम्रो घरमा काम छैन जाउ खेतमा ढेला फुटाउ भनेर तातो घाममा कति सेक्थी होला।

जे होस् सरकारले हामी जस्तो ठेट भाषा प्रेमीलाई सम्मान दिएको छ र गर्व गर्नु पाउँछौं नभए त यो कविहरूको एक इंचको काम छैन पो। बजारमा झरी च्याउ जस्तै कविहरू जन्मेर होला आजकल कविहरूको भ्यालु निकै घटेको छ। राजनीतिमा कुर्सी नपाउने भएपछि मान्छे कवि हुन्छ कि जस्तो लाग्छ फेरि सोच्छु महान काव्य सृजना गर्ने कविहरूले कत्रो कत्रो राजा छोडे मन्त्री पद छोडे… होइन होला भनेर सोच्नु थाल्छु। भाषा माथि भएको अतिक्रममा कति मरे, नेताहरूले सर्वोच्च लुटाए, कतिले जेल देखे। जे होस भाषालाई सबले माया गर्छन् भन्ने उदाहरण प्रस्तुत गरेको देख्दा यो पिलो निस्केको छाती पनि फुल्नु खोज्छ।

वास्तविक भाषा, जाति, साहित्य कला आदि इत्यादि यो मध्यवर्गलाई मात्रै चाहिन्छ। निम्नवर्गलाई त भरे के खाऊँ भएको हुन्छ, उच्चवर्गलाई अझै कसरी कमाऊँ भएको बेला, भएभरको टेन्सन त हामी जस्तो मध्यवर्गलाई न हुन्छ। एउटा कुरा पाप, धर्म, अधर्म, पूजापाठ हाबीजाबी भएभारको रुढीवादी प्रथालाई टेका दिने गुरु पाल्ने कम्पनी नै मध्यवर्ग हो, नभए सोच्नु त निम्नवर्ग र उच्चवर्गलाई यस्ता बग्मफुसे कुरासँग केही मतलब नै छैन।

अब साहित्य जस्तो कुरा बचाउने जिम्मेवारी पनि हामी जस्तो लुतो लागेको मान्छेलाई मात्रै कर लागेको छ। आज भर त आफैंमा छैन तर यताउता पारेर दुईचार लाइन लेख्छु फेरि पढ्छु कविता जस्तो भयो कि भएन भनेर सत्र पल्ट पढेपछि टुप्पोबाट पढ्दै आउँछु फेदमा पुग्दा कथा जस्तै हुन्छ। जे होस गद्य र पद्य कविता पनि हुन्छ भनेर चित्त बुझाउँछु।

साथी भाइ भेटे दुई चार लाइन सुनाइ दिन्छु निकै हाई हाई गरेर सुत्ला जस्तो भएपछि वाह….वाह कविजी भन्दा निकै फुर्केर दुई तीन पैक तानी दिन्छु।

रहर सँगै भर पनि हुनू पर्छ,नभए त रहर गर्दा नै सबै भईदिए त मलाई पनि देशको राजा हुनू मन छ नि तर आफैंमा भर नभएपछि चुपचाप कवि हुन खोज्छु। व्याकरण त उस्तै हो तर व्याकरणमा निकै जानकारी भएको अनुभव दुईचार शब्दकोश घरमा थुपार्ने काम गरेको छु।

नयाँ निस्केको किताब फोक्टमा पाए चै घरमा ल्याउने गरेको छु। दिएको किताब पढ्ने चलन छैन किनेर, दाम तिरेर पढ्ने रहर पनि छैन।

यसो आफू भन्दा नेपालीमा निकै कमजोर कवि भेटे उसलाई दुईचार कुरा व्याकरण सिकाउनु खोज्छु,उसले गुरु मानेदेखि उसको हात बिच बाटोमा छोडिदिन्छु सँगै हिँडाए त मेरो भेद सबै खोलिने डर भएपछि यसो गर्नु कर लागेको हो।यदि कोही सिकाउनु थाले उसलाई नै उल्टा सिकाउनु थाल्छु।

विद्वान देखिनु मात्रै भए पनि नर्मल लुगा, काँधमा झोला बोकेर हिँड्ने रहर पूरा गरेको छु। साहित्यलाई के दिए भनेर सोध्ने फुर्सद नभएपछि आजकल साहित्यले मलाई के दियो भनेर प्रश्न गर्ने भएको छु। अब यो साहित्य बचाउने रहर बोकेर होला छेउछाउमा भएको नानीहरूलाई घरिघरि चेतनामूलक जस्तो जानीनजानी सिकाउनु थाल्छु।

अचम्म त तब लाग्छ जब आफ्नै भाषामा नानीहरूले नाम लेख्नु सक्दैन। आफ्नै भाषा पढ्नु सक्दैन। तब हामीले यो प्रयोगवादी नयाँ नेपाली अनि पुरानो नेपाली भन्दै किन हल्ला गरेको होला। हाम्रो आउने भावीपिडी नै आफ्नै भाषामा चिल्लो छन् यो नयाँ शब्दकोश यो नयाँ व्याकरण कसको लागि ?

घरिघरि चिन्ता लाग्छ भविष्यमा हाम्रो भाषा कसले बचाउने हो। आफ्नै नानीलाई अन्य भाषा सिक्नु कर लागेपछि भविष्यमा हाम्रो भाषा कसले पढीदिने ? सचेत अनि विद्वानवर्गलाई अनुरोध पनि भयो अब हामीले हाम्रो नानीहरूलाई कसरी आफ्नो भाषातिर आकर्षित गर्ने भन्ने विषयमा चिन्तनमनन गर्ने समय पो आएको छ त।

ए कता भर नभएको रहर बोकेर आएको मान्छे कता पो सम्झाउनु पुगेछु।जे होस हामीले जापान, चीन, जस्तो देशको कैयौं उदाहरण पढ्नुपर्छ। त्यहाँ आफ्नै भाषामा सबै कुरा पढाइन्छ। तब त हामी भन्दा निकै माथि छन। हुनू पनि हो जुनसुकै मुलुक, देश, प्रान्तमा सुत्नु तर सपना आफ्नै मातृभाषामा देखिन्छ ।

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x