साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थाँक्राे लगाउन पर्‍यो गणतन्त्र चढ्ने

मन्त्री र संसदहरू तरबार भिर्छन् नेपाल आज टुकुरासरि चर्र चिर्छन् यी पोख्त लेखक यतातिर दाम जोर्छन् खै देश उन्नत गराउन चित्र कोर्छन् ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

लक्का जवान अहिले गणतन्त्र हाम्रो
रातो पिरो र भरिलो रङको छ राम्रो
साँढे पसेर यसमा नचरून् भनेर
पर्खाल लाउन पर्‍यो जनता मिलेर ।१

चिन्ता भएछ यसको दरबारलाई
निस्के अरे सडकमा नगरा बजाई
शङ्का बढेर बिचरा गणतन्त्र लड्ने
थाँक्रा लगाउन पर्‍यो गणतन्त्र चढ्ने ।२

केही खुराक अझ थप्न रह्यो कि बाँकी
मोटाउने असल औषधि एक फाँकी
बेला छ आज लहरो सरलक्क बढ्ने
टेका नयाँ किसिमका गणतन्त्र अड्ने ।३

बन्ला दही कि यसमा रसले भरेको
त्यो चाख्न आज जनता पछि छौँ परेको
बिर्को कतातिर परेछ भएछ ह्वाङ्गै
पोखिन्छ बन्द नगरे छ सबै उदाङ्गै ।४

कस्तो किनेछ कपडा छ तुना विनाको
को हो वरिष्ठ यसको भर थेग भाको
लज्जा बचाउन सबै जन लाग्नुपर्ने
चिन्ता छ खस्छ कि कछाड समाल्नु पर्ने ।५

चौपाय पस्न पनि बेर भएन कत्ति
माया दया र ममता कि भएन रत्ति
नेतृत्व यो सबल छैन समस्त बेर्न
पर्खाल लाउन पर्‍यो गणतन्त्र घेर्न ।६

मन्त्री र संसदहरू तरबार भिर्छन्
नेपाल आज टुकुरासरि चर्र चिर्छन्
यी पोख्त लेखक यतातिर दाम जोर्छन्
खै देश उन्नत गराउन चित्र कोर्छन् ।७

भत्ता बुझाउन जुटे सब कर्मचारी
पाएर आसिक खुसी छ ठुलो छहारी
यस्तो अमुल्य गणतन्त्र सराप गर्छौ
आदेश माथितिर बाट छ जेल पर्छौ ।८

०००

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x