साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाले बोलाए

गाउँगाउँबाट उठ है बस्ती बस्तीबाट उठ कब्जा गर्नलाई उठ केही लम्पट पनि आए झोले र हुक्के टुक्के पनि आए ढिलो नगर कब्जा गर्न बाले बोलाए बाले बोलाए ।

Nepal Telecom ad

हाेम सुवेदी :

लौ है हामी रैतीका दिन उदाए
हामी लम्पट झोलेका दिन आए
कब्जा गर्न बाले बोलाए
अब सबैले मौका पाए
खान मुख बाए
गणतन्त्रको गीत गाए
हाँस्ने दिन आए
नाच्ने दिन आए
कब्जा गर्न बाले बोलाए ।।

बाटाबाटामा उखान र टुक्काको झोला बोक
घर घरमा चुकुल ठोक
सकेसम्म तीन पाने नै
नसके मौवा भए पनि धोक
लुकाएर नदेख्ने गरी
लाभा ठ्ठील पार्खु यासिहँ बोक
फेरि मजाले बास्ने दिन आए
कब्जा गर्न बाले बोलाए ।।

जोसुकै आउनु हुँदैन
गाणतन्त्र भन्दा अर्को गाउनु हुँदैन
कसैले भेउ पाउनु हुँदैन
भाटभटेनीहरुबाट जे पायो त्यो उठाउनु हुँदैन
जतासुकै लम्पट भएर रङ्मगाउनु हुँदैन
गणतन्त्रसँग मायाँ गाँस्ने दिन आए
कब्जा गर्न बाले बोलाए ।।

बाको आदेश ता पालन गर्नुपर्छ
हामी बाका भेडा हौँ
बाले खुलेको चरनमा खर्कनुपर्छ
मुखमा आएजति कुरा
पानी दर्केझैँ दर्कनुपर्छ
बाका विरोधीको मुटु थर्कनु पर्छ
बिरोधीको घरमा भैँचालो आएर
चारैतिर चर्कनु पर्छ
बाले बोलाएपछि जानु पर्छ
पानीको साटो होली वाइन खानुपर्छ
झ्याम्ले पनि आए
मुन्द्रे र दाम्ले पनि आए
लौ छिटोगर है छिटो गर
कब्जा गर्न बाले बोलाए ।।

गाउँगाउँबाट उठ है
बस्ती बस्तीबाट उठ
कब्जा गर्नलाई उठ
केही लम्पट पनि आए
झोले र हुक्के टुक्के पनि आए
ढिलो नगर
कब्जा गर्न बाले बोलाए
बाले बोलाए ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x