साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुन्डो

यता हान्छ यौटा उता हान्छ अर्को छली खेल खेल्ने सधैँ लाग्छ झर्को लुरे बोट बोक्नै नसक्ने चिचिन्डो बनेको छ सत्ता सबैको भकुन्डो ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

हिमाली धरामा सयौँ जात जाति
फुलेका खुलेका नयाँ फूल ताँती
दिए नीर राम्र बगैँचा नमर्दै
बगैँचा समाली बसौँ स्नेह भर्दै ।।१

बनेली हरा भो’ फुलेको छ मौरो
डसी मात्र राख्ने सदा गर्छ भौँरो
यताका उताका पताका उडेका
लुटौ देश भन्दै कयौँ छन् जुटेका ।।२

नयाँ दृश्य चिन्ता कसै भित्र छैन
लुटी देश गर्ने भए नित्य चैन
बढी खानलाई खुबै चल्छ खेल
सबै भ्रष्टलाई मिले बेस जेल ।।३

कुरा मात्र गर्ने नयाँ काम हुन्न
विनाद्रव्य कैल्यै कुनै कर्म छुन्न
पुरानो हुनाले कुनै गोल दिन्न
बडो चित्त दुख्ने मनै हुन्छ खिन्न ।।४

यता हान्छ यौटा उता हान्छ अर्को
छली खेल खेल्ने सधैँ लाग्छ झर्को
लुरे बोट बोक्नै नसक्ने चिचिन्डो
बनेको छ सत्ता सबैको भकुन्डो ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x