बिनुबाबा घिमिरेसरकार र तरबार
बफादार भए घरबार हुन्छ घरबार नभए पनि सरकार त हुन्छ सरकारको हकदार जमदार हुन्छ जमदार साहृै बफादार हुन्छ हातमा गोप्य तरबार हुन्छ तरबारसँग सरकार हुन्छ ।

बिनुबाबा घिमिरे :
मलाइ सरकारसँग विश्वास छ
मलाइ तरवारसँग विश्वास छ
किन थाहा छ ?
सरकार भए तरवार हुन्छ
तरवार भए सरकार हुन्छ
मलाइ दरबारसँग पनि विश्वास छ
दरबार भए कर्णधार हुन्छ
कर्णधार भए दरबार हुन्छ
दरबारसँग सरकार छ,
सरकारसँग तरबार छ
हुकुम चलाउनेले तरबार चलाउँछ
तरबार चलाउनेले हुकुम चलाउँछ
अझ मलाइ हकदारसँग पनि विश्वास छ
हकदार भए बफादार हुन्छ
बफादार भए घरबार हुन्छ
घरबार नभए पनि सरकार त हुन्छ
सरकारको हकदार जमदार हुन्छ
जमदार साहृै बफादार हुन्छ
हातमा गोप्य तरबार हुन्छ
तरबारसँग सरकार हुन्छ ।
०००
कलङ्की, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































