साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ र तिमी

ऊ निष्ठाको बाटोमा रमाउँछ, तिमी छलकपटको बाटोमा रमाउछौँ तिमी र उसको फरक नै यहिँ हो, ऊ ईमानी छ, तिमी बेमानी छौँ। ऊ श्रममा विश्वास गर्छ तिमी लुटमा विश्वास गर्छ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

ऊ जीवनको सपना देख्छ,
तिमी उसको सपना बेचेर घरको गजुर थप्छौँ।
ऊ दु:खको भारी बोक्छ,
तिमी उसको दु:ख बेचेर भकारी भर्छौँ।

ऊ काँध थाप्छ,
तिमी उसको काँध चढेर माथि उक्लिनछौँ।
ऊ पसिना बगाउँछ
तिमी उसको पसिनामा डुबुल्की मारेर
थकान मेटाउछौँ।

तिमी र उस्को फरक नै यहिँ हो।
उ दु:ख गर्छ,
पसिना बगाउँछ,
तिमी उसको दु:ख र पसिना निचोरेर
आफ्नो दूनो सोझ्याउछौँ।

ऊ सिमामा बसेर देश जोगाउँछ,
तिमी सिमाका खम्बा बेचेर भत्ता जोगाउँछौँ।
ऊ खाडीमा बसेर रगत बगाउँछ,
तिमी रगतमा राजनीति गर्छौ।

तिमी र उसको फरक नै यहिँ हो,
ऊ देशको सिमानामा मर्छ,
तिमी कुर्सिका लागि मर्छौं।
ऊ देशको मायाले रुन्छ,
तिमी सत्ताको मायाले रुन्छौ।

ऊ मिहेनेत गर्छ, ईमानको खान्छ
तिमी ठगी गर्छौ, बेइमानीको खान्छौँ।
ऊ निष्ठाको बाटोमा रमाउँछ,
तिमी छलकपटको बाटोमा रमाउछौँ

तिमी र उसको फरक नै यहिँ हो,
ऊ ईमानी छ,
तिमी बेमानी छौँ।
ऊ श्रममा विश्वास गर्छ
तिमी लुटमा विश्वास गर्छ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x